पोखरा, १४ फागुन । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षासम्बन्धी कानून बनाउँदा सरोकारवाला निकायसँग छलफल गरी अघि बढ्ने बताएका छन् ।
आजसम्म लागू भएको नेपालको शिक्षा नीति फेल भइसकेको बताउँदै उनले अब जनमुखी र व्यवसायमुखी शिक्षा नीति आवश्यक रहेको बताए। एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिती कास्की र पोखरा लेखनाथ महानगर समितिले सोमबार उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले भने, ‘नेपाल अब समाजवाद उन्मुख राज्य संविधान ले नै परिभाषित गरिसकेको परिप्रेक्षमा यसलाइ सफल, संस्थागत र पुँजीकृत गर्न समाजवादी शिक्षा आवश्यक रहेको र प्रदेश सरकार संघिय सरकारसँग समन्वय गरी समसामयिक समस्यासँग जुध्न सक्ने जनशक्ति उत्पादन गर्न सक्ने विज्ञान र प्रविधिमा आधारित नयाँ शिक्षा निति निर्माणमा लागी पर्ने तयारीमा छ ।’
कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले लखौँको आँसु, पसिना र रगतले प्राप्त अहिलेको उपलव्धि रक्षार्थ आवश्यक ऐन/नियम तथा संरचना बनाएर अगाडि बढ्ने कार्यमा मन्त्रालय लागीपरेको बताए । कार्यक्रममा मुख्यमन्त्री गुरुङ, मन्त्री चुमान, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामशरण बस्नेत, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरलाई सम्मानपत्र हस्तान्तरण गरिएको थियो । एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष तारानाथ पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन पोखरा लेखनाथ महानगर समितिका अध्यक्ष भुवन सुवेदीले स्वागत मन्तब्य राखेका थिए भने जिल्ला समन्वय समितिकस सचिव प्रकाश रिजालले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
हिमालय आँखा अस्पताललाई जापानको सहयोग
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
hero news full width
मुख्य समाचार
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९