लमजुङ, १४ फागुन। लमजुङको एक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि धार्मिक तथा शैक्षिक महोत्सवबाट ३ करोड दान संकलन भएको छ।
वेशीशहर नगरपालिका-१, उदीपुरमा रहेको जनकल्याण मावि परिसरामा सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवम् धार्मिक तथा शैक्षिक महोत्सवमा नगद र जग्गा गरी उक्त दान संकलन भएको हो।
महायज्ञमा नगद दान, भूमिदान, चौरासी पूजा, तुलादान, व्रतवन्ध, लाखबत्ति प्रज्ज्वलन, शाल्रि्राम परिक्रमा, ग्रहशान्ति सहितका कार्य गरी रकम संकलन भएको महायज्ञ मूल समारोहका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए।
उनका अनुसार महायज्ञमा २ करोड ३९ लाख नगद दान संकलन भएको छ र विद्यालयको नाममा २३ रोपनी जग्गा प्राप्त भएको छ। दानमा प्राप्त १३ रोपनी ९ आना क्षेत्रफलको जग्गाको मूल्यांकन हुन बाँकी रहेको अधिकारीले जानकारी दिए। महोत्सवको आम्दानी खर्च विवरण सबै विवरण यथास्रि्र संकलन गरी महायज्ञको सम्पूर्ण आयव्यय विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने पनि अधिकारीले बताए।
उनले भने, ‘विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि सहयोग जुट्ने क्रम जारी रहेको छ, अब विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गर्ने हाम्रो सपना पुरा हुनेमा हामी ढुक्क छौँ।’
महायज्ञको अन्तिम दिन मूल समारोह समितिका संयोजक एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीले नगद ४ लाख २५ हजार ५ सय ४५ रुपैयाँ सचिवालय सदस्य सूर्यबहादुर अधिकारीले बताए। उनका अनुसार विद्यालयका शिक्षक गोविन्दप्रसाद अधिकारीले १ लाख ५५ हजार ५ सय ५५ प्रदान गरे ।
महायज्ञमा १ लाख १ हजार १ सय ११ का दरले दान गर्नु हुने अन्य शिक्षकमा रामप्रसाद अधिकारी, बद्रीनाथ खनाल, सूर्यबहादुर अधिकारी, पुरुषोत्तम अधिकारी, संगीता अधिकारी छन्।
सोही माविका पूर्वप्रअ उत्तमराज पौडेलले १ लाख १ सय ११, उदीपुर निवासी त्रय धु्रवदेव जोशी, कुशलदेव जोशी र टेकलाल श्रेष्ठले १ लाख ११ हजार १ सय ११ का दरले दान गरेका छन्।
त्यस्तै, कुलबहादुर श्रेष्ठले १ लाख ६० हजार ५, बोधलाल श्रेष्ठले १ लाख ५१ हजार १ सय ११, तीथ अधिकारीले १ लाख ५, सावित्री, र मकृष्ण त्रिपाठीले १ लाख, उदीपुरका लोककुमारी जोशीले १ लाख १ हजार १, रुद्रप्रसाद अधिकारीले १ लाख ५ हजार ५ सय ५५, रामदीका रामबहादुर थापाले १ लाख ११ हजार १ सय ११ लगायतले नगद दान गरेका हुन्। महायज्ञमा विद्यालयका पूर्वअध्यक्ष पुरुषोत्तम जोशीले १० लाख मूल्यांकन गरिएको ४ रोपनी ८ आना क्षेत्रफल जमिन दान गरे।
त्यस्तै, उदीपुरका दोजबहादुर खवास र दुर्गाबहादुर बुढाथोकीले दान गरेका छन्। ४/४ आना जग्गाको ६/६ लाख मूल्यांकन गरिएको छ। चिति रामचोक निवासी पाण्डवराज विष्टकी आमाले दान गरेको ४ रोपनी ४ आना क्षेत्रफलकोे जग्गाको मूल्य ५ लाख ४० हजार रुपैयाँ मूल्यांकन गरिएको छ आयोजक समितिले जनाएको छ।
Related News
सम्बन्धित समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
३३ कार्यालय प्रमुखमाथि कारबाही
प्याराग्लाइडिङबाटै टुरिजमपाना विमोचन
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९