काठमाडौँ, १४ फागुन । तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको ‘जनयुद्ध’का मिथकीय पात्र बादल दोस्रो पटक महत्वपूर्ण मन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका छन्।
पछिल्ला दिनमा गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न माओवादी केन्द्रका विभिन्न नेताले चासो देखाएको र विवाद भएको भन्ने चर्चा चलिरहँदा सोमबार मात्रै सो पार्टीका अध्यक्ष दाहालले नेता थापाको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुने जनाउँदै प्रधानमन्त्री ओलीलाई गृहमन्त्रीका रुपमा थापासहितको नामावली बताएका थिए।
बादल अर्थात् रामबहादुर थापा पुष्पकमल दाहा नेतृत्वको सरकारमा रक्षामन्त्री थिए। संविधानसभाको पहिलो निर्वाचनमा चितवन क्षेत्र ३ बाट निर्वाचित थापा पछिल्लो पटक राष्ट्रियसभा सदस्य हुँदै मुलुकको शान्ति सुरक्षाको नेतृत्व गर्ने तहमा आइपुगेका हुन्।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को सहकार्य र पार्टीएकताको समेत सेतुका रुपमा परिचित थापा राजनीतिक रुपमा इमान्दार र पार्टीराजनीतिमा सधैँ संगठन विभागको नेतृत्वमा रहँदै आए। जनयुद्धकालदेखि शान्तिप्रक्रियामा सहभागी हुँदा समेत उनलाई माओवादी केन्द्रका अध्यक्ष दाहालका सहपाठी र सहयोगीका रुपमा भूमिका निर्वाह गर्दै आएको ‘इमान्दार’ पात्रका रुपमा लिइन्छ। पछिल्लो पटक पार्टीएकता र वाम एकताका लागि नेता थापाले खेलेको भूमिकाका कारण पनि उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारमा गृह मन्त्रालयको जिम्मेवारी दिइएको बताउने गरिएको छ।
पिता कर्ण्र्ााहादुर र माता नन्दकुमारीका जेठा छोराका रुपमा २०१२ साल वैशाख १९ गते गुल्मीमा जन्मनुभएका थापाले रामपुर कृषि क्याम्पसबाट बिएस्सीएजी गरेका छन्। २०३१ मा रामपुर कृषि क्याम्पसमा माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेट भएपछि शुरु भएको सहकार्य आजसम्म निरन्तर छ। मार्क्सवादी अध्ययन समूह बनाएर नेपाली कम्युनिष्ट आन्दोलनमा लाग्नुभएका नेता थापालाई हालका माओवादी केन्द्रका नेता अमिक शेरचनले कम्युनिष्ट पार्टीको सदस्यता दिएका थिए।
२०४२ मा नेकपा-मशाल)को केन्द्रीय सदस्य बनेका थापा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा एक मिथकीय पात्रका रुपमा परिचित थिए।
अध्यक्ष दाहालसँग असहमति जनाउँदै मोहन वैद्यको नेतृत्वमा तत्कालीन माओवादी फुटाएर नयाँ पार्टीबनाएका नेता थापा २०७२ सालमा बृहत् वाम एकताको अवधारणासहित पार्टीएकतामा समाहित भए। बृहत् वाम एकता र सहकार्यलाई अगाडि बढाउनुपर्छ भन्ने धारणा राख्दै आएका नेता थापा पछिल्लो पटक एमाले र माओवादी केन्द्रको एकताको एक सूत्राधारका रुपमा परिचित छन्। पछिल्लो पटक प्रदेश नं ३ बाट राष्ट्रियसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट निर्वाचित थापा माओवादी केन्द्रको केन्द्रीय कार्यालय सदस्य छन्। विगतमा माओवादीको महासचिव, संगठन विभाग प्रमुख र सैन्य कमाण्डरका रुपमा समेत उनले जिम्मेवारी निर्वाह गरिसकेका छन्।
शान्ति सुरक्षाको जिम्मेवारी सम्हाल्ने गृहमन्त्रीका रुपमा दोस्रो पटक सिंहदरबार प्रवेश गरेका नेता थापाले जनताको अपेक्षानुसार शान्ति सुरक्षा प्रदान गर्ने र सुरक्षा निकायलाई जनताप्रति जवाफदेही बनाउने बताएका छन्।
Related News
सम्बन्धित समाचार
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
प्रमुख सचिवलाई अब प्रदेश र स्थानीय तहका कर्मचारीको असाधारण बिदा स्वीकृत गर्ने अधिकार
मुग्लिन–पोखरा सडक : घरटहराको मुआब्जाका लागि रकम अभाव
यती एअर दुर्घटना: क्षतिपूर्ति हकदाबी गर्न आग्रह
प्रतियोगिताका लागि विद्यार्थीले थुपारे स्कुलमा फोहोर
hero news full width
मुख्य समाचार
नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु, ३ घाइते
जेठ २४, २०८०मुर्रा राँगो : भैंसीको नश्ल सुधारका लागि विशेष योगदान
जेठ २४, २०८०उच्च शिक्षा प्रदेशकै एकल अधिकारमा पर्छ माननीय ज्यू !
जेठ २४, २०८०सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
जेठ २३, २०८०