पोखरा, १४ फागुन । रेवान पोखराको आयोजना तथा नेदरल्याण्डको संस्था पमको प्राविधिक सहयोगमा पोखरामा कण्टिनेण्टल फुड प्रिपिरेशन तथा डेकोरेशनसम्बन्धी तालिम शुरु भएको छ।
रेवान पोखरा सल्लाहकार गणेशबहादुर भट्टराइले तालिम उद्घाटन गर्दै तालिमले रेष्टुरेण्टमा कार्यरत कर्मचारीलाई दक्ष बनाउने विश्वास व्यक्त गरे । उनले तालिममा सिकेका कुरा अन्यलाई सिकाउन र व्यवहारमा लगाउन पनि सुझाव दिए ।
कार्यक्रममा रेवान पोखराका पूर्वाध्यक्ष सूर्यबहादुर भुजेल, सिटिइभिटी पोखराका प्रमुख जीवन भण्डारी लगायतले रेष्टुरेण्टका कर्मचारीले ग्राहकको सेवा गर्दाको प्रस्तुतिकरणमा प्रकास पारेका थिए। नेदरल्याण्डका एक्र्सपर्ट इडले धेरैजसो विदेशीमा फुडएलर्जी समस्या देखिएको भन्दै रेष्टुरेण्टमा काम गर्नेले आफ्ना ग्राहकमा कुन खानेकुराले एलर्जी हुन्छ भन्ने कुरामा समेत ध्यान पुर्याउनुपर्ने बताए।
रेवान पोखरा अध्यक्ष चौबहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा उपाध्यक्ष भीमसेन भुजेलले स्वागत तथा तालिम संयोजक लक्ष्मण बरालले सञ्चालन गरेका थिए। ३ दिनसम्म चल्ने तालिममा रेवानमा आवद्ध विभिन्न रेष्टुरेण्टमा कार्यरत ३५ जना सेफको सहभागिता छ।
Related News
सम्बन्धित समाचार
खुडेपोखरी क्षेत्रको डुवान नियन्त्रण गरिने
एसओएस स्कुलमा वृक्षरोपण
तीज गीत र महिला खेलकुद प्रतियोगिता हुने
कृष्ण प्रणामी मन्दिरमा कथावाचन
सामुदायिकको स्वास्थ्य शिविर
hero news full width
मुख्य समाचार
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
श्रावण २२, २०७९ड्रागन फल्दा किसानमा हर्ष
श्रावण २१, २०७९पोखरामा कृषि एम्बुलेन्स
श्रावण २१, २०७९प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
श्रावण २०, २०७९‘एक घर एक धारा’ सधैं अपूरा
श्रावण २०, २०७९