लमजुङ, १४ फागुन । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो प्रदेशलाई सुशासनका लागि नमूना प्रदेश बताउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गृहजिल्ला लमजुङको सुन्दरबजारमा आयोजना भएको आठौँ सुन्दरबजार महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङ त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले सुशासन नभएसम्म जनताको विश्वास जित्न नसकिने उल्लेख गर्दै भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउने कानूनको तर्जुमा गर्न लागिएको बताए । उनले भने, ‘भ्रष्टाचार अन्त्यका लागि एक शक्तिशाली संयन्त्र तयार गर्ने र त्यसले अनुगमनका क्रममा ठाउँको ठाउँ कारबाही गर्न सक्ने गरी कानून निर्माण गर्दैछौँ ।’ कुनै पनि विकासका काम तोकिएको समयमा सम्पन्न हुने र गुणस्तर कायम हुने पद्दतिको विकास गरी भ्रष्टाचारको अन्त्य गर्ने उनले उल्लेख गरे ।
उनले भने, ‘यो प्रदेश मुलुकको दोस्रो गरिब प्रदेश हो तर हामी अबको १० वर्षमा सबैभन्दा धनी बासिन्दा बस्ने प्रदेश बनाउँछौँ ।’ बेरोजगारी अन्त्य, विद्युत् उत्पादन, ग्रामीण पर्यटनको विकास, अर्गानिक खेतीका कार्यक्रम ल्याइने उनले बताए । ‘घरघरमा बिजुली र जनजनमा विद्युत् सेयर’ प्रदेश सरकारको सम्वृद्धिको एक आधार हुने नीति निर्माण गर्न लागेको उनको भनाइ छ ।
उनले महोत्सवमा रामरमितामा रमाउनु भन्दा पनि त्यसबाट ठोस उपलब्धि हासिल हुने गरी कार्यक्रम गर्न र सुन्दरबजारलाई के कस्तो शहर बनाउन चाहेको हो, त्यसलाई महोत्सवले मार्गनिर्देश गर्न सकोस् भन्ने कामना गरे ।
प्रदेशसभा सांसद मायानाथ अधिकारी, धनञ्जय दवाडी, मधु अधिकारी लगायतले महोत्सवले यस क्षेत्रमा संस्कृतिको जगर्ने उद्योगको प्रवर्द्धन, कृषि तथा व्यापार व्यवसाय प्रवर्द्धनमा टेवा दिने आफूले विश्वास गरेको बताए । कार्यक्रममा निवर्तमान सांसदद्वय डा भीष्मनाथ अधिकारी, धनञ्जय दवाडी लगायतले शुभकामना व्यक्त गर्दै महोत्सवको सफलताको कामना गरेका थिए ।
महोत्सव मूल समारोह समिति संयोजक सोमबहादुर न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उद्घाटनअघि झाँकी र्याली गर्नुका साथै लमजुङ उद्योग वाणिज्य संघ सुन्दरबजार इकाइका सबै पूर्व अध्यक्षसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
फागुन २१ गतेसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख दर्शकले अवलोकन गर्ने र ६ करोड बराबरको कारोबार हुने आयोजकको अनुमान छ ।
मूल आयोजक समिति संयोजक खेम गुरुङले महोत्सवमा १ सय २० स्टल रहेको जनाए ।
Related News
सम्बन्धित समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९