पोखरा, १२ फागुन। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा-१ बगरले शनिवार खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
६८ औं प्रजातन्त्र दिवसको अवसरमा पारेर आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको छ।
प्रमुख अतिथि सशस्त्र प्रहरी बल कालिका गणका सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर थापाले केन्द्रले सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे। कार्यक्रममा वडा कार्यालय बगर सहित स्थानीय आमा समूह, संघ संस्था क्लबको सहयोग थियो।
कार्यक्रममा पोखरा २ का वडाध्यक्ष रामेश्वर मल्ल, वडा ३ का अध्यक्ष रवीन्सन प्रजु, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरकी संस्थापक अध्यक्ष सीता गुरुङ, निवर्तमान अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, केन्द्रका सल्लाहकार तथा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, सल्लाहकार तथा वडा प्रहरी कार्यालय बगरका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ, मनकामना वचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष भगवती अधिकारी लगायतले बोलेका थिए।
कार्यक्रममा केन्द्रका सहसचिव वसन्त बास्तोला र माया गिरीको गीत प्रस्तुत गरेका थिए।
केन्द्र अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक एवं कोषाध्यक्ष कृष्ण पौडेलले स्वागत र सचिव रामभूषण पराजुलीले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
वाइयुके सुपरमार्केट तीजगीत
राधाकृष्ण गुरुकुल विद्यालयको भवन उद्घाटन
शिवटोल विकासमा नयाँ कार्यसमिति
कास्की मोडनाइज्डमा अभिमुखीकरण
मिडिया फुटसल प्रतियोगिता हुने
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९