पोखरा, ९ फागुन । पूर्व कर्मचारी सेवा परिषद्, कास्की अध्यक्षमा कृष्णकान्त सिग्देल चयन भएका छन् । परिषद्को १३ औं वाषिर्क साधारणसभा तथा सातौं अधिवेशनले सिग्देलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमिति उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, सचिव अनन्तराज लम्साल र कोषाध्यक्ष भेकबहादुर थापा चयन भए। सदस्य जगन्नाथ कोइराला, गुरुप्रसाद बास्तोला, रामचन्द्र आचार्य, धर्मदत्त बराल, सीता बराल, प्रेमकुमारी कडेल र कुन्ती परियार छन् । साधारण सभा उद्घाटन गर्दै परिषद्का केन्द्रिय अध्यक्ष माधवप्रसाद घिमिरेले जीवनको उर्जावान् समय राष्ट्रसेवामा समर्पण गरेका कर्मचारीलाई सीप र अनुभव आधारमा राज्यले उचित स्थानमा समेट्नुपर्ने बताए ।
उनले अब रिटायर्ड भईहालेँ भनेर आफ्ना अनुभव त्यसै खेर जान नदिन आग्रह गर्दै सक्रिय रुपमा लागेमा यति चाँडै बुढो नहुने बताए ।
परिषद्का केन्द्रिय महासचिव रामबाबु नेपालले लामो समय मुलुकका लागि समर्पण गरेका कर्मचारी समूहलाई राष्ट्रको नीति निर्माण तथा विकासका सवालमा भाग लिनबाट वञ्चित गर्न नहुने बताए । परिषद् कास्कीका अध्यक्ष पिताम्बर बरालको अध्यक्षतामा भएको कार्यक्रममा परिषद् कास्कीका प्रमुख सल्लाहकार कृष्णप्रसाद भण्डारी, परिषद् स्याङ्जाका अध्यक्ष शेखर प्रधान, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ कास्की सभापति डिल्लीराम बास्तोला, नेपाल पूर्व प्रहरी संगठन कास्की अध्यक्ष एकनारायण ढकाल लगायत बोलेका थिए । उक्त अवसरमा परिषद्लाई विशेष सेवा प्रदान गरेकोमा पूर्व अध्यक्ष एवं सल्लाहकार कृष्णप्रसाद घिमिरे सहित दण्डपाणि शर्मालाई सम्मान गरिएको थियो ।
यस्तै, एसर्इइ परीक्षामा पूर्व कर्मचारीका छोराछोरीमध्ये सर्वाधिक अंक ल्याउने दीपेश पौडेलका साथै ज्येष्ठ सदस्य घननाथ घिमिरे, माया गुरुङलाई सम्मान गरिएको थियो ।
वरिष्ठ चिकित्सक कालु शर्माले स्वास्थ्य सचेतनासम्बन्धी जानकारी दिएका थिए। साधारण सभाले सचिव विष्णुप्रसाद भण्डारीको वाषिर्क प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष भेकबहादुर प्रधानको आर्थिक प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा स्वागत उपाध्यक्ष केशवप्रसाद ढकालले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
मधेसमा ‘बोक्सी हुन्न’ अभियान
भगिनी सम्बन्धको दुरुपयोग
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९