पोखरा, ९ फागुन। पोखरा चाउथेमा टि्रपर ठक्करबाट ज्यान गुमाएकी २१ वर्षीया वन्दना पौडेलको मृत्युबारे छानबिन माग गर्दै आन्दोलित विद्यार्थीले सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
नारायणी यातायात व्यवसायी संघ र प्रशासनसँग बुधबार साँझ भएको वार्तामा सहमतिपछि आन्दोलनरत नेपाल विद्यार्थी संघ र पीडित परिवारले आन्दोलनका सबै कार्यक्रम गरेको विद्यार्थी नेता भानु ढकालले जानकारी दिए। उनका अनुसार ठक्कर दिने टि्रपर चालकलाई कडा कारबाही गर्ने, पीडित पक्षलाई उचित राहत उपलब्ध गराउने र आगामी दिनमा घटना दोहोरिन नदिन अभियानमुखी अभिमुखिकरण कार्यक्रम गर्ने सहमति भएको छ।
सहमति जुटेपछि बिहीबार बिहान पौडेलको अन्त्यष्टी गरिने नेवि संघले जनाएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट बिहान १० बजे शवयात्रा गर्ने र रामघाटमा लगेर अन्त्यष्टी गरिने ढकालले जानकारी दिए। उनले सबैलाई शवयात्रामा सहभागी हुन आग्रह समेत गरेका छन्। स्याङ्जा आँधीखोला गाउँपालिका ५ जुग्लेकी पौडेल नेवि संघ जनप्रिय माविकी सदस्य थिइन् । कक्षा १२ मा पढ्ने २१ वर्षीया पौडेल गण्डकी मेडिकल कलेज पोखराकी कर्मचारी समेत थिइन् ।
उनको मृत्युको विरोधमा विद्यार्थीले बुधबार विभिन्न ठाउँमा नाराबाजी सहित प्रदर्शन गरेका थिए। बिहानैदेखि जनप्रिय स्कुल सिमलचौरमा नाराबाजी सहित प्रदर्शन गरे। उनीहरुले हत्यारालाई फाँसी दे, विद्यार्थी मार्न पाईँदैन, विद्यार्थी एकता जिन्दाबाद जस्ता नारा लगाएका थिए।
सोमबार बेलुका ना६ख ९००६ नम्बरको टि्रपरले पौडेल सवार ग१३प ७९८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
दुर्इ सातायता पोखरामा नेवि संघका विद्यार्थीको लगातार दुर्घटनामा ज्यान गएको छ। यसअघि, स्याङ्जा आँधीखोलाकै नेवि संघ स्याङ्जा पृथ्वीनारायण क्याम्पस सर्म्पर्क समितिका सभापति बोधराज ढकालको माघ २२ मा माइक्रोबस ठक्करले मृत्यु भएको थियो ।
Related News
सम्बन्धित समाचार
ट्होटेंमा राष्ट्रपतिको आगमनले तमुहरु उत्साहित
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
मासबार आमा समूहमा शारदा
नेतृत्व विकास तालिम
दीपशिखा पुस्तकालयमा अन्तक्र्रिया
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९