पोखरा, ९ फागुन ।स्याङ्जाको फेदीखोला-४ गलेम आर्रुखर्कस्थित शीतला माध्यमिक विद्यालयको हीरक जयन्ती, ६० औं वाषिर्कोत्सव एवम् अभिभावक दिवस विविध कार्यक्रमका साथ बुधवार सम्पन्न भएको छ।
समारोहमा प्रमुख अतिथि प्रदेश सभा सदस्य मीनप्रसाद गुरुङले हीरक जयन्ती स्तम्भ अनावरण तथा स्मारिकाको विमोचन गरे।
यसैगरी, समारोहमा विद्यालयका संस्थापक पूर्व शिक्षक तथा सहयोगीलाई सम्मान गरियो। यस्तै, विविध अतिरिक्त र शैक्षिक क्रियाकलापमा उत्कृष्ट छात्रछात्रालाई पुरस्कृत गरिएको थियो।
त्यस अवसरमा प्रमुख अतिथि गुरुङले दुर्गम गाउँ गलेममा स्थापित विद्यालयले लामो यात्रा तय गर्दै पुर्याएको योगदान स्मरणीय र यहाँका शिक्षाप्रेमीको प्रयास प्रशंसनीय रहेको बताए।
कार्यक्रममा फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी, सिर्द्धार्थ सामुदायिक बहुमुखी क्याम्पसका अध्यक्ष प्रेमप्रसाद गौतमलगायतले शुभकामना मन्तव्य राखेका थिए।
विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक तुलसीराम पौडेलले बसाइसराइँका कारण विद्यार्थी संख्या घट्दै गएकाले गुणस्तरीय शिक्षा सेवाका लागि वैकल्पिक स्रोतको खोज गरी लगनशीलता साथ लाग्नुपर्नेमा जोड दिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मे. दिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षकद्वय लेखनाथ पौडेलले स्वागत तथा यामनारायण लामिछानेले सञ्चालन गरेका थिए। विद्यालयमा मंगलवार स्वास्थ्य शिविर र सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो।
२०१४ सालमा स्थापित शीतला प्रावि २०३४ सालमा निमावि र २०६७ मा मावि भएको थियो।
Related News
सम्बन्धित समाचार
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९गण्डकीमा दलित नेतृत्व २ मात्रै
जेठ ९, २०७९