पोखरा, ८ फागुन। पोखरा-लेखनाथ महानगरपालिका-१४, विजयपुरखोला पुलमा फेला परेको बमबारे समाचार सङ्कलनका लागि त्यहाँ पुगेका गण्डकी टेलिभिजनका घनश्याम पाण्डे र अस्थायी प्रहरी चौकी चाउथेमा कार्यरत प्रहरी जवान कुलबहादुर खत्री बम विष्फोटमा परी घाइते भएको घटनाप्रति कास्कीमा रहेका अधिकारकर्मीर्हरूले ध्यानाकर्षण भएको जनाएका छन्।
अधिकारकर्मीहरूले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालको संविधान तथा कानूनहरूले स्वतन्त्रतापूर्वक पेशाव्यवसाय सञ्चालनगर्न पाउने, बिना रोकतोक आवतजावतगर्न पाउने अधिकार सुरक्षित गरेको हुँदा दोषीलाई पहिचान गरी घटनामा संलग्नकानुनीदायरामाल्याई र्घाईतेहरूको निशुल्कउपचारको ब्यवस्थामिलाउन सरकारसंग माग गरेका छन् ।
बरिष्ठ मानवअधिकारकर्मी टेकनाथ वराल, शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विष्णुप्रसाद वराल, अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेक पोखरा कार्यालयका संयोजक शिव खकुरेल, मानवअधिकार एलाईन्स कास्कीका अध्यक्ष रामचन्द्र पौडेल, महिला मानवअधिकार रक्षक सञ्जाल कास्की जानकी शर्मा र मानवअधिकार रक्षक संरक्षण तथा प्रबर्द्धन केन्द्र कास्कीका अध्यक्ष सरलाकुमारी पाण्डेद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा बिना अवरोध समाचार सङ्कलन गर्न पाउने सञ्चारकर्मीको अधिकारको सम्मान गर्दै आगामी दिनमा यस्ता गतिविधि नदोहोर्याउनसमेत सबै पक्षसंग अनुरोध गरिएको उल्लेख गरिएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेकले घटनामा घाइते भएका पत्रकार घनश्याम पाण्डेलाई आर्थिक सहयोग समेत गरेको छ। इन्सेक पोखरा कार्यालयका संयोजक शिव खकुरेलले फागुन ८ गते नै गण्डकी शिक्षण अस्पतालमा उपचाररत् पीडितलाई अस्पतालमै भेटी पाँचहजार रुपैयाँ प्रदान गरी घाइतेको अवस्थाकाबारे जानकारी लिएका थिए।
Related News
सम्बन्धित समाचार
वाइयुके सुपरमार्केट तीजगीत
राधाकृष्ण गुरुकुल विद्यालयको भवन उद्घाटन
शिवटोल विकासमा नयाँ कार्यसमिति
कास्की मोडनाइज्डमा अभिमुखीकरण
मिडिया फुटसल प्रतियोगिता हुने
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९