लमजुङ, ८ फागुन । लमजुङको पर्यटकीय गाउ“ भुजुङमा संचालन गरिएको १४औ“ लालीगुराँस कप खुल्ला फुटवल प्रतियोगिताको उपाध भुजुङ युम्पो समाज पोखराले जितेको छ। युम्पो समाज पोखराले लालिगुराँस युवा क्लब निलोलाई टाइब्रेकरमा ५-३ गोलले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो। विजेता युम्पो समाज पोखराले उपाधिसहित १ लाख, ५ रुपैयाँ नगद, स्वर्णदकको ट्रफी जितेको छ। उपविजेता आयोजक लालीगुराँस युवा क्लब निलोले ५० हजार, ५ रुपैयाँ र रजतपदकको ट्रफी जितेको छ। निर्धारित समयमा टोलीले समान एक/एक गोलको बराबरीमा खेल सकिएपछि टाइब्रेकरबाट खेलको टुङ्गो लगाइएको आयोजक लालीगुराँस क्लबले जनाएको छ।
प्ा्रतियोगितामा उत्कृष्ट खेलाडीमा आयोजक लालीगुराँसका बद्रि गुरुङ र सर्वाधिक गोलकर्ताको पुरस्कार भुजुङ युम्पो समाज पोखराका बेलप्रसाद गुरुङले जितेका छन्। सर्वाधिक गोलकर्ता बेलप्रसादले ११ गोल गरेको आयोजक क्लबका सचिव तुल गुरुङले बताए। उनीहरुले पाँच/पाँच हजार नगदसहित मेडल पाए। यसैगरी, बिम्दा युवा क्लब बिम्दाले अनुशासित टिमको ट्रफी पायो।फुटबल प्रतीयोगिताको पहिलो पुरस्कार १ लाख ५ रुपैया“ क्व्होलासोंथर गाउ“पालिका ४ भुजुङ घर भई हाल हङकङमा रहेका ग्यारी गुरुङले प्रायोजन गरेको हो भने दोस्रो पुरस्कार ५० हजार ५ रुपैया“ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङले प्रायोजन गरेको क्लबले जनाएको छ।
फुटवलको ट्रफी भुजुङ घर भई हाल साउदीमा रहेका सुकबहादुर गुरुङ, मेडल हाल दक्षिण कोरियामा रहेका केशरजंग गुरुङ र अनुशासित क्लवको ट्रफी लालीगुराँस युवा क्लवका निवर्तमान अध्यक्ष तुलबहादुर गुरुङले प्रायोजन गरेका हुन्।
‘ग्रामीण पर्यटन गाउँ भुजुङ जाऔँ, १४ औँ लागि गुराँस कप २०७४ मा रमाऔं, भन्ने नाराका साथ क्व्होलासोथर गाउपालिका-४ को भुजुङस्थित स्थानीय लालीगुराँस युवा क्लबले आफ्नो वाषिर्कोत्सवमा प्रतियोतिगा गरेको हो। प्रतियोगितामा १५ वटा फुटबल टिमको भाग सहभागिता थियो।
Related News
सम्बन्धित समाचार
पोखरामा राष्ट्रिय स्नुकर प्रतियोगिता
क्रिकेटमा सेन्ट्रल क्रिकेट एकेडेमीको जीत
‘स्वस्थ नागरिकका लागि खेलमैदान’
लोकतान्त्रिक खेलकुदको बधाई
‘नवौं राष्ट्रिय खेलको मिति परिवर्तन हुँदैन’
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९