स्याङ्जा, ८ फागुन । स्याङ्जा महोत्सव मंगलबार सम्पन्न भएको छ। ‘स्याङ्जा महोत्सवको आधार, पर्यटन र कृषि नै आर्थिक समृद्धिको पूर्वाधार’ भन्ने मुल नाराकासाथ स्याङजाको पुतलीबजार १ मालेबगर खेलमैदानमा गत माघ २६ गतेदेखि स्याङ्जा महोत्सव सुरु भएको थियो।
समापन कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले कृषि र जल क्षेत्रमा प्रचुर संभावना बोकेको स्याङ्जालाई औधोकिरण मार्फत अघि बढाउनु पर्नेमा जोड दिए। सुन्तला, कफी, अदुवाखेती बिस्तार गरी समयमा बिक्री वितरण र बाँकी रहेका बस्तुलाई चिस्यान केन्द्रमा राख्ने ब्यवस्थागरी स्याङ्जालाई कृषि उद्योग संचालनगरी जिल्लाका बेरोजगार युवालाई रोजगार दिलाउनेतर्फ काम गर्नुपर्ने बताए । प्रदेशसभा सदस्य श्रेष्ठले स्याङ्जामा कालीगण्डकी, हाइड्याम्प र आधीखोला जलबिद्युत आयोजना सञ्चालन गर्ने प्रतिबद्धता जनाए।
समापन कार्यक्रममा कागे्रसका महासमिति सदस्य तुलसी गिरी, एमालेका लोकराज शर्मा, राप्रपा प्रजातान्त्रिकका जयनारायण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी महेश आचार्य, नगरउपप्रमुख महेश पुरी, निर्वतमान अध्यक्ष सु. कृष्णमान श्रेष्ठ, महिला नेतृ हिरादेवी शर्मा, संघका तृतीय उपाध्यक्ष सुनिता पौडेल, जयराम पौडेल, खिलुङ कालिका एग्रो र्फमका कार्यकारी प्रमुख शोभाकान्त ढकाल, भोलानाथ लम्साल लगायतले महोत्सवपछि ब्यवसायीका ध्यान ब्यावासायिकतातर्फ बढ्नुपर्नेमा जोड दिए।
संघका अध्यक्ष विक्रान्तकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रविन्द्रमान श्रेष्ठले स्वागत र द्धितिय उपाध्यक्ष महादेव श्रेष्ठले महोत्सव संचालनबारे जानकारी गराएका थिए। संघका महासचिव भिमकुमार श्रेष्ठ र पत्रकार प्रकाश डोटेलले कार्यक्रम सञ्चालन गरेका थिए।
महोत्सवको अन्तिम दिन मंगलबार मात्रै २५ लाखको आर्थिक कारोबार भएको संघले जनाएको छ । बाह्र दिनसम्म सञ्चालित महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, लोकदोहोरी प्रतियोगिता, नृत्य प्रतियोगिता, हास्यव्यङग्य प्रहसन, पुरुष तथा महिला भलिबल प्रतियोगिता, सांस्कृतिक रत्यौलि गित प्रतियोगिता लगायतका प्रतियोगिताहरु आयोजना गरिएका थिए ।
प्रदेश नं. ४ स्तरीय औद्योगिक, कृषि, पर्यटन, साँस्कृतिक, सूचना प्रविधि तथा व्यापार मेला नाम दिईएको महोत्सवमा हेलिकोप्टर मार्फत जिल्लाको पर्यटकीय क्षेत्रको अवलोलक गर्ने व्यवस्था मिलाईएको थियो ।महोत्सवमा कृषि, पशुपंक्षी, सूचना प्रविधि, धार्मिक तथा पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी, फेन्सी तथा कस्मेटिक लगायतका तीनसय स्टलहरु रहेका रहेका थिए। ३ लाख आन्तरिक र बाहृय पर्यटकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा ८ करोडको आर्थिक कारोबार हुने लक्ष लिएको आयोजकले आफ्नो लक्ष्य पूरा भएको जनाएको छ।
Related News
सम्बन्धित समाचार
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
hero news full width
मुख्य समाचार
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९एमालेलाई जीत जोगाउनै सकस
जेठ ५, २०७९