पोखरा, ८ फागुन ।संघीय समाजवादी फोरम तमुवान(मगरात -४ नं. प्रदेश) प्रथम प्रादेशिक भेलाले कास्कीका दीपक वाइबा तामाङको अध्यक्षतामा १७ सदस्यीय प्रादेशिक समिति गठन गरेको छ।
पोखरा लेखनाथ महानगरपालिका भण्डराढिकस्थित ङ्योए तमु धिंमा सोमवार सम्पन्न भेलाले समितिको सदस्यहरुमा नवलपुरका छविलाल राना, गोरखाका सुकदेव तामाङ र तेजबहादुर गुरुङ, लमजुङका पृथ्वीमान घले, तनहुँका चन्द्रप्रकाश गुरुङ र सारदा कुमाल, कास्कीका काशीमाया गुरुङ, किसन विश्वकर्मा, स्याङ्जाका हेमन्त थापा, पर्वतका भुवन रिजाल, बाग्लुङका कोकिला जिसी र पुर्णबहादुर र्घर्तीमगर, शिल्पी समुदायका चिनबहादुर नेपाली, भक्तबहादुर विश्वकर्मा र तारा नेपाली चयन भएका छन्।
नवनिर्वाचित समितिलाई संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष रकम चेम्जोङले शपथ ग्रहण गराएका थिए। नवनिर्वाचित अध्यक्ष तामाङले तमुवान मगरात प्रदेशलाई शसक्त बनाउने घोषणा गरे।
भेलाको दोश्रो सत्र सञ्चालन एवम् कार्यसमिति चयनका लागि ससफो राजनीतिक समितिका सदस्य तथा मगरात इञ्चार्ज महेन्द्र थापामगरको संयोजकत्वमा राजनीतिक समिति सदस्य तथा पूर्व सभासद डिबी नेपाली र बैकल्पिक केन्द्रीय सदस्य हुमबहादुर गुरुङ सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको थियो।
प्रमुख अतिथि पार्टीका केन्द्रीय उपाध्यक्ष रकम चेम्जोङले संघीय समाजवादी फोरम नेपालले मधेश र पहाडलाई जोड्दै समृद्ध नेपाली राष्ट्रियता स्थापित गर्न खोजेको बताए। उनले थपे, ‘तर नक्कली राष्ट्रवादी एमालेहरु भने पहाड र मधेशबीच गहिरो खाडल बनाउन उद्धत रहेको उनको आरोप थियो। पूर्वमन्त्री समेत रहेका नेता चेम्जोङले संविधान शंसोधन गर्न एमालेले लिखित प्रतिवद्धता जनाए फोरम सत्ता साझेदार हुनसक्ने बताए। फोरम अधिकार स्थापित गर्न संघर्षरत रहेको छ भन्दै उनले अधिकारसँग सत्ता सौदावाजी नगर्ने बताए ।
संघीय समाजवादी फोरम नेपालका राजनीतिक समितिका सदस्य तथा तमुवान इञ्चार्ज गणेशमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक समितिका सदस्य तथा मगराँत इञ्चार्ज महेन्द्र थापामगर, राजनीतिक समितिका सदस्य तथा पूर्व सभासद डिवी नेपाली, बैकल्पिक केन्द्रीय सदस्यहरु हुमबहादुर गुरुङ, निर्मल जिसी, गोर्खाका जिल्ला अध्यक्ष सुकदेव तामाङ, लमजुङका अध्यक्ष पृथ्वीमान घले, स्याङ्जाका अध्यक्ष हेमन्त थापामगर, नवलपुरका अधयक्ष डिवी गुरुङ, महिला फोरम कास्कीकी अध्यक्ष काशीमाया गुरुङ, संघीय समाज युकेका सचिव जगत गुरुङले मन्तव्य राखेका थिए।
बैकल्पिक केन्द्रीय सदस्य यामबहादुर र्घर्तीले स्वागत र कास्की अध्यक्ष दिपक वाइबा तामाङले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा गण्डकी नृत्य तारा अन्तिम गुरुङले नृत्य प्रस्तुत गरेकी थिइन्। भेलाले १६ बुँदे घोषणापत्र जारी गरेको छ। घोषणापत्रमा पहिलो संविधान सभाको राज्य पुर्नसंरचना तथा राज्यशक्ति बाँडफाँड समिति वा राज्य पुर्नसंरचना उच्चस्तरिय सुझाव आयोगले सिफारिस गरेका पहिचान र सामर्थ्यका आधारमा १० जोड १ प्रदेशहरु बनाउनुपर्ने, १० जोड १ प्रदेश अन्तरगत यस प्रदेशलाई तमुवान घोषणा गर्नुपर्ने र तत्कालका लागि चार नं. प्रदेशलाई प्रदेशसभामार्फत तमुवान(मगरात नामाकरण गर्न गराउन संघर्षरत रहने जनाएको छ।
यसरी नै जातीय विभेद तथा छुवाछूत लगायत समाजमा विद्यमान सवै प्रकारका विभेद अन्त्य गरी भेदभावमूक्त समाज निर्माण गर्न, समानुपातिक समावेशी सिद्धान्तको आधारमा जनसंख्याको अनुपातमा स्थानीय, प्रादेशिक र संघीय तह लगायत राज्यको सबै निकायमा प्रतिनिधित्व गर्न गराउन संकल्परत लगायत राजनीतिक अधिकार, जनजीविका र समृद्ध प्रदेश निर्माणका लागि विकास योजनाहरु घोषणापत्रमा समेटिएको छ।
Related News
सम्बन्धित समाचार
वाइयुके सुपरमार्केट तीजगीत
राधाकृष्ण गुरुकुल विद्यालयको भवन उद्घाटन
शिवटोल विकासमा नयाँ कार्यसमिति
कास्की मोडनाइज्डमा अभिमुखीकरण
मिडिया फुटसल प्रतियोगिता हुने
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९