निलगिरी स्कूलमा विदाइ

आदर्श समाज सम्वाददाता
फागुन ९, २०७४

पोखरा, ८ फागुन। निलगिरी इङ्लिस बोर्र्डिङ स्कूलले सोमबार एक कार्यक्रमको आयोजना गरि कक्षा दसमा अध्ययनरत विद्यार्थीहरुलाई विदाई गरेको छ। कार्यक्रममा विद्यालयका अध्यक्ष रामु गुरुङ तथा प्राचार्य कोषबहादुर गुरुङले कक्षा दसका विद्यार्थीहरुलाई खादा तथा मायाको चिनो प्रदान गरि विदाई गरेका थिए। कार्यक्रममा कक्षा १० का विद्यार्थीहरुले विद्यालयका अध्यक्ष रामु गुरुङ तथा प्रिन्सिपल कोषबहादुर गुरुङलाई सम्मान समेत गरेका थिए।

विदाई कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष रामु गुरुङले आगामी चैत्र ८ गतेबाट एर्स.इ.इ.परीक्षामा सहभागी हुने विद्यार्थीहरुको पूर्ण सफलताको लागि शुभकामना ब्यक्त गरिन्। कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले आफ्नो विद्यालयबाट वि.सं. २०५५ सालदेखि हालसम्म एकहजार, चारसय भन्दा बढी विद्यार्थीहरुले एसएलसी तथा र्एर्सइर्इ परीक्षा उत्तीर्ण गरिसकेको जानकारी दिइन्।

उनले आफ्ना विद्यालयका उत्पादनहरु यतिबेला देशको कर्मठ एवम् योग्य नागरिक बनिसकेको बताउँदै असल चरित्र, लगनशिलता र भविष्यप्रतिको सकारात्मक सोंचले मात्र जीवनमा लक्षप्राप्ति हुने बताइन्। उनले आउँदै गरेको र्एसइर्इ परीक्षामा सामेल हुने सबै विद्यार्थीहरुलाई आ-आफ्नो भविष्यप्रति चिन्तित र इमान्दार हुन समेत सुझाव दिइन्।

कार्यक्रममा विद्यालयका सहप्राचार्य अमृत सुवर्णार, विद्यालय संयोजक बसन्त सिग्देल, विद्यार्थी डीन ढाकाराम रेग्मी, विज्ञान शिक्षक नारायण जिसी, होस्टल वार्डन तथा वातावरण विषय शिक्षक प्रदिप अधिकारी, कक्षा ९ का छात्राहरु चिजा गुरुङ र प्रिया बसेल लगायतले कक्षा दसका विद्यार्थीर्हरुलाई र्एसइर्इ परीक्षाको सफलताको लागि शुभकामना दिए।

यसैगरि, कक्षा दसका छात्रा सुष्मिता रामदाम, सृष्टि शर्मा, स्मृति गुरुङ र प्रिया श्रेष्ठले विद्यालयमा रहँदाको अनुभव सुनाएका थिए भने र्एसइर्इ परीक्षामा आफूहरुले उत्कृष्ट नतिजा ल्याई विद्यालयको गरिमालाई अझ उच्च राख्ने प्रतिवद्धता समेत जनाए। कक्षा नौको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कक्षा १० का विद्यार्थीहरुले विद्यालयका शिक्षकशिक्षिकाहरुलाई मायाको चिनो प्रदान गरे।  कक्षा ९ र १० का विद्यार्थीहरुले एक आपसमा मायाको चिनो साटासाट समेत गरे। विद्यालयका अध्यक्ष रामु गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ९ की छात्र प्रोमिश खाँड ठकुरीले स्वागत र कक्षा ९ का छात्रा द्वय सिन्सिया प्रधान र एञ्जिला गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • पर्वतीय संग्रहालयमा फोटो प्रदर्शन

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अबदेखि फरकफरक भूगोलका एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरीले लामो समय लगाएर खिचेको…
  • सरकारको आलोचनामात्र गर्नु गलत : मन्त्री सिंखडा

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका स्वास्थ्य क्षेत्रमा क्रियाशील गैरसरकारी संघसंस्थासँग छलफल तथा अन्तरक्रिया गरेको छ…
  • अनुगमनमा ३ पसललाई कारबाही

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    लमजुङ । जिल्ला सदरमुकाम बेंशीसहरमा मापदण्डविपरीत सञ्चालित ३ पसल कारबाहीमा परेका छन् । जिल्ला अनुगमन समितिले २ किराना र १…
  • भूपू सैनिक सहकारीको सभा

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    हेमजा । पोखरा २५, हेमजास्थित भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा बुधबार सम्पन्न भयो ।…
  • लेखनाथ कुटानी पिसानी व्यवसायी समितिमा विष्णु

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    लेखनाथ । लेखनाथ कुटानी पिसानी व्यवसायी समितिको अध्यक्ष विष्णुप्रसाद लमिछाने चयन भएका छन् । संस्थाको बुधबार सम्पन्न १०औं साधारण सभा…

hero news full width