पोखरा ५ फागुन।मानवअधिकार पत्रकार संघ हुर्जाद्वारा सञ्चालित प्रदेश ४ स्तरीय यशकुमारी जिसी स्मृति मानवअधिकार पुरस्कार शनिवार एक समारोहबीच प्रमिला तझ्यालाई अर्पण गरिएको छ।
प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका नि. निर्देशक नीतु गतौर्लाले पुरस्कृत व्यक्तित्वलाई १५ हजार १५, सम्मानपत्र र दोसल्लासहित सम्मान अर्पण गरिन्।
गतौर्लाले सामाजिक ससंस्थासँगको सहकार्यले दिदीबहिनीका अवस्थालाई बुझ्न सहज बनाएको बताइन्। सम्मानित व्यक्तित्वका बारेमा बोल्दै गतौर्लाले तझ्या संलग्नता संस्थाका केही कार्यक्रममा सहभागी हुँदा उनको क्रियाशीलता देखेर प्रभावित भएको बताइन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) पोखराका संयोजक शिव खकुरेलले हुर्जाले अधिकारका क्षेत्रमा क्रियाशील संस्था, व्यक्ति र पत्रकारलाई सम्मान गर्ने सर्न्दर्भमा इन्सेकलाईसमेत सम्मान गरेको स्मरण गर्दै यशकुमारी पुरस्कार तझ्यालाई अर्पण गरेर स्तुत्य कार्य गरेको बताए।
शान्तिका लागि नागरिक समाज सञ्जालका संयोजक विष्णु बरालले महिला अधिकारका लागि महिला दिदीबहिनी क्रियाशील भएर लाग्नुपर्ने धारणा व्यक्त गरे।
सम्मानित स्रष्टा तझ्याले आफ्नो जीवनमा १०/१० वर्षको अन्तरालमा परिवर्तन आएको स्मरण गर्दै सभाहललाई स्तब्ध तुल्याइन्। उनले व्यक्तिगत जीवनको पाटो कोट्याउँदै छोराको बाबा खोर्इ खोज्न जाऊँ भन्ने बालहठलाई नकार्न नसक्दाको पीडा व्यक्त गरिरहँदा सबैका आँखा रसाएका थिए।
उनले थपिन् ‘स्वर्गीय बाबालाई खोज्न जाउ भनेर छोरालाई काठमाडौंसम्म पुर्याएर बाबा भगवान् हुनुभयो भन्दै आकाशको जूनलाई देखाएर उसले नदेख्ने गरी डाँको छाडेर रोए।’
अधिकारका सर्न्दर्भमा कुरा गर्दै तझ्याले श्रीमान्को निधनपछि आफ्नो अनुपस्तितिमा आफ्नै घरमा धेरै बैठक बसेको स्मरण गर्दै महिला अधिकारसहितको समुन्नत समाज निर्माणका लागि आफू आजीवन लडिरहन पुरस्कारले थप प्रेरणा दिएको बताइन् ।
जूननारायण श्रेष्ठ र माता सुनमाया श्रेष्ठका कोखबाट २०२५ असार २५ गते जामुनेभञ्याङ तनहुँमा जन्मेकी तझ्याको परिचय राख्दै संस्थाका उपाध्यक्ष असफल गौतमले तझ्या अँध्यारामा पूणिर्माको जून र उज्यालामा सुनको रुपमा चम्किरहेको प्रतिभाका रुपमा प्रस्तुत गरे।
हुर्जाका संस्थापक अध्यक्ष कृष्ण अन्जान ज्ञवालीले सरकारले दैलामा ठेस लागेर मरेकालाई शहीद घोषणा गरिरहेको बेला दोहोरो द्वन्द्वका नाममा उन्मत्त भएर वषेको गोलीले निदोर्ष भोजराज ज्ञवालीको निधन हुँदा पनि राज्यको आँखा पुग्न नसकेकोमा आक्रोश व्यक्त गरे।
अध्यक्षको आसनबाट बोल्दै हुर्जाका अध्यक्ष राजेश पराजुलीले अरुका अधिकारका लागि हुर्जा धेरै लडेको र अब संस्थाका संस्थापकका पितालाई शहीद घोषणा गर्नका लागि जोडदार माग लिएर अगाडि बढ्ने धारणा व्यक्त गरे।
कार्यक्रममा शुक्ला साहित्य समितिका अध्यक्ष कुलबहादुर केसी, यशकुमारी जिसीकी सहपाठी निर्मला शर्मा अर्याल, अपाङ्गता स्वावलम्बन समाज लामाचौरका अध्यक्ष रमेश कार्कीलगायतले बोलेका थिए।
Related News
सम्बन्धित समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
hero news full width
मुख्य समाचार
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९