समाजसेवी सविन जिसीले शनिवार सोही समारोहबीच विभिन्न संस्थाका लागि झण्डै सात लाख सहयोग गरेका छन्। उनले अपाङ्गता स्वावलम्बन समाज लामाचौरद्वारा सञ्चालित बौद्धिक अपाङ्गता दिवा सेवा केन्द्रका लागि २५ हजार, सहरडहर बहुउद्देश्यीय सामुदायिक भवन निर्माणका लागि एक लाख, कालिका बहुउद्देश्यीय समाजघरका लागि पाँच हजार सोही समारोहबीच प्रदान गरे। यसैगरी सिमान्तकृत समुदायको उन्नयनका लागि विविध कार्य गर्ने उद्देश्यले स्थापना गर्न लागिएको एस फाउण्डेशनका लागि हाल पाँच लाखको अक्षयकोषको घोषणा गर्दै जिसीले मानव जन्मभूमि, राष्ट्र र समाजका लागि केही गर्नका लागि जन्मेको सामाजिक प्राणी भएकाले आफूले त्यो कर्तव्य पूरा गर्ने प्रयत्नमा लागेको बताए।
स्मरण रहोस्, यशकुमारी जिसी पुरस्कार उनै जिसीको परिवारद्वारा स्थापित अक्षयकोषबाट सञ्चालित पुरस्कार हो । २०१४ कार्त्तिक १३ गते पोखराको लामाचौर-१९ मा जन्मेकी यश कुमारी जिसी तत्कालीन महिला तथा बालबालिका मन्त्रालय अन्तरगतको महिला तथा बालबालिका विकास कार्यालयको अधिकृतका रूपमा स्याङ्जाको वालिङमा कार्यरत रहँदा २०४५ फागुन १ गतेका दिन स्वर्गारोहण भएको थियो।
Related News
सम्बन्धित समाचार
दुर्गा मन्दिरमा अक्षरयात्रा
आलु महोत्सव लक्षित सरसफाइ
सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान
पाइपलाइनमा हुने क्षतिको मूल्यांकन गर्न समिति
लापरवाहीले बढ्यो सडक दुर्घटना
hero news full width
मुख्य समाचार
गोविन्दराज जोशी र विकास कोइरालाको कारवाही फुकुवा
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
चैत्र १९, २०७९दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
चैत्र १९, २०७९स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
चैत्र १८, २०७९सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९