चितवन, ५ फागुन । पाँच लाख पुरस्कार राशीको विकास शिल्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ८ देखि १९ गतेसम्म नारायणगढको क्याम्पाचौरमा हुने भएको छ ।
विकास शिल्ड समिति चितवनले नारायणगढमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष श्याम पियाले प्रतियोगिता अघिल्लो वर्ष तीन लाख पुरस्कार राशी राखिएकोमा यस वर्ष बढाइएको बताए ।
उनका अनुसार पहिलो हुनेलाई ५ लाख पुरस्कारको व्यवस्था गरिएको छ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
त्यसैगरी, उत्कृष्ट खेलाडीलाई ५० हजार, म्यान अफ द म्याचलाई १० हजार, फेयर प्ले (टिमलाई) २५ हजार पुरस्कारको व्यवस्था गरिएको पियाले बताए । प्रतियोगितामा नेपाल र भारतका गरी १२ टिम सहभागी हुने छन् । खेलमा एनएफसी चितवन, विएफसी चितवन, संकटा क्लब, मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, विजय क्लब हेटौंडा, नेपाल प्रहरी क्लब, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, प|mेण्ड्स क्लब, सिक्किम ब्वाइज सिक्किम भारत र सुदूरपश्चिम क्लब धनगढी सहभागी हुनेछन् ।
२०३१ सालदेखि सञ्चालन हुँदै आएको प्रतियोगिताको यो १३ औं संस्करण हो । बीचका केही वर्षहरुमा खेल सञ्चालन हुन नसके पनि गत वर्षदेखि पुनः खेललाई निरन्तरता दिईएको अध्यक्ष पियाले जानकारी दिए ।
सम्पूर्ण खेल सञ्चालन गर्न ५१ लाख ५४ हजार खर्च हुने र ५५ लाख २० हजार आम्दानी हुने अनुमान गरिएको आयोजकले जनाएको छ । खेल उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा मिडिया फुटसल प्रतियोगिता हुने
गण्डकीमा खेलाडी छनोट र बन्द प्रशिक्षण कार्यतालिका सार्वजनिक
पोखरामा राष्ट्रिय स्नुकर प्रतियोगिता
क्रिकेटमा सेन्ट्रल क्रिकेट एकेडेमीको जीत
‘स्वस्थ नागरिकका लागि खेलमैदान’
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९