पोखरा, ५ फागुन । अन्तर्राष्ट्रिय मातृभाषा दिवस फेव्रअरी २१ को सर्न्दर्भमा नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत स्याङ्जा हरिनास गाउँपालिकामा मातृभाषामा साहित्यिक प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा प्रतियोगीले मगर भाषामा आफ्ना रचना प्रस्तुत गरेका थिए ।
कुल १० जना प्रतियोगी सहभागी प्रतियोगितामा अमृता थापामगरले प्रथम स्थान प्राप्त गर्दै १ हजार ५ सय रुपैयाँ पुरस्कार पाइन् ।
प्रतियोगितामा अनुशा थापामगर र सुदर्शन थापामगर क्रमशः द्वितीय र तृतीय भए। उनीहरुले क्रमशः १ हजार र ५ सय रुपैयाँ पुरस्कार पाए ।
कार्यक्रममा हरिनास गाउँपालिका वडा ४ का वडा सदस्य पहलसिंह थापामगर, हरिनास साहित्य मञ्चका सदस्य शिशिर रानामगर, मातृभूमि मावि शिक्षक दुरपति थापामगर लगायतले पुर्खाले जन्माएको मातृभाषालाई जीवित राख्न पछिल्लो पुस्ता अग्रसर हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम संयोजक रिमबाबु रानामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मगर लेखक संघ गण्डकी अञ्चल समितिका सदस्य हुमा थापामगरले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
वाइयुके सुपरमार्केट तीजगीत
राधाकृष्ण गुरुकुल विद्यालयको भवन उद्घाटन
शिवटोल विकासमा नयाँ कार्यसमिति
कास्की मोडनाइज्डमा अभिमुखीकरण
मिडिया फुटसल प्रतियोगिता हुने
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९