पोखरा, ५ फागुन । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि -युआरएल) र लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनको संयुक्त आयोजनामा शनिबार शुक्लागण्डकीमा ३ सय ५ जनाको निःशुल्क रगत जाँच गरिएको छ ।
शिविरमा मधुमेह तथा रगतमा हुने खराब बोसोसम्बन्धी रक्त परीक्षण गरिएको हो । अन्य सबै प्रकारका रक्त परीक्षणमा समेत ५० प्रतिशत छुट दिइएको थियो । कार्यक्रममा मधुमेह, थाइराइड तथा हर्माेन रोग विशेषज्ञ डा. तीथलाल उपाध्यायले खानपान, जीवनशैली, सचेतना र उचित उपचारको प्रबन्ध हुँदा मात्रै मानिस स्वस्थ हुन सक्ने औंल्याए । उनले भने-‘जसरी जीवनशैली र खानपान परिवर्तन भएको छ, नयाँ चुनौती थपिएका छन् ।’
उनले तनहुँको शुक्लागण्डकी क्षेत्रमा थाइराइड र मधुमेहका बिरामी अन्यत्र भन्दा बढी पाएको सुनाए । उनले विभिन्न सामाजिक संघ, संस्थालाई यी रोगबारे सचेतना, निःशुल्क जाँच र नयाँ कार्यक्रम सञ्चालन गर्नसमेत सुझाव दिए ।
युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले विभिन्न संघ, संस्थासँगको सहकार्यमा युआरएलले प्रदेश ४ का विभिन्न जिल्लामा निशुल्क शिविर आयोजना गर्दै आएको उल्लेख गरे । अति संवेदनशील रक्त परीक्षण, अन्तर्राष्ट्रियस्तरको प्रविधि र रियजेन्ट प्रयोग गरी प्रयोगशाला क्षेत्रमा प्रदेशलाई आत्मनिर्भर बनाउने दिशातर्फ आफूहरु लागिरहेको बताए । उनले चाँडै नै शुक्लागण्डकीमा निःशुल्क थाइराइडसम्बन्धी रक्त परीक्षण शिविरसमेत गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा क्लबका चार्टर प्रिसिडेन्ट दुर्गाकुमार श्रेष्ठ र तनहुँ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष हरिबहादुर थापाले बोलेका थिए । लायन्स क्लब अफ तनहुँ शुक्ला गण्डकी टाउनका अध्यक्ष दीर्घबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष प्रदीप थापा, आस्थापाठ द्वितीय उपाध्यक्ष लालबहादुर श्रेष्ठ र सञ्चालन सचिव कमल गैरेले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने
हेमजा युनाइटेडमा राजेश
गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह
hero news full width
मुख्य समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९