पोखरा ५ मा ढलान बाटो उद्घाटन

आदर्श समाज सम्वाददाता
फागुन ४, २०७४

पोखरा, ३ फागुन ।पोखरा लेखनाथ महानगरपालिका वडा नं ५ को सिमानामार्ग ढुँगेखोला गैरीटोलमा निर्माण गरिएको ढलान वाटोको विहीवार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ।

महानगरपालिका तथा स्थानीय उपभोक्ताको संयुक्त लगानीमा ६ लाख ९ सय ७७ रुपैयाँ लागतमा निर्माण भएको ६५ मिटर वाटोको पोखरा लेखनाथ महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष धनवहादुर नेपालीले उद्घाटन गरे।

उपभोक्ताको अग्रसरतामा नमूना वाटो वनेको र नगरपालिकालाई पनि लगानी गर्न उत्साह वढेको भनाई वडा अध्यक्ष नेपालीको छ।

निर्माण समितिका अध्यक्ष वलराम भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा सदस्य अञ्जु केसी, हरिमाया विक, टोलविकास संस्थाका अध्यक्ष विश्वनाथ पौडेल, सन्ध्या वराल तथा कार्यक्रम संचालन  समितिका कोषाध्यक्ष खेमनाथ शर्मा ‘विनोद’ले गरे ।

कार्यक्रममा आम उपभोक्तामाझ वाटो निर्माणको क्रममा भएको आम्दानी तथा खर्च विवरणलाई अनुमोदन गरिएको थियो।

Related News

सम्बन्धित समाचार

  • चन्द्रावतीका ‘शून्य छ जन्मेको घर बरिलै’ सार्वजनिक

    आदर्श समाज सम्वाददाता श्रावण २९, २०७९
    पोखरा । साहित्यकार एवं गायिका चन्द्रावती वाग्लेको तीजगीतको म्युजिक भिडियो ‘शून्य छ जन्मेको घर बरिलै’ सार्वजनिक गरिएको छ । पोखरामा…
  • तीज महत्वविषयक प्रशिक्षण

    आदर्श समाज सम्वाददाता श्रावण २९, २०७९
    पोखरा । विश्व हिन्दु महासंघ नेपाल मातृशक्तिद्वारा तीजको महत्व विषयक प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । विश्व हिन्दु…
  • निस्सा वितरण

    आदर्श समाज सम्वाददाता श्रावण २९, २०७९
    हेमजा । अन्नपूर्ण गाउँपालिका वडा ११ मा बिहीबार निस्सा वितरण गरिएको छ । त्यस अवसरमा ३ जना भूमिहीन दलित, ८…
  • गाईजात्रा नाच प्रदर्शन

    आदर्श समाज सम्वाददाता श्रावण २९, २०७९
    पोखरा । नयाँ सडक नेवाः पुचः, पोखरा–९ ले शनिबार गाईजात्रा नाच प्रदर्शन गरेको छ । विभिन्न रंगीचंगी पोशाकमा सजिएका कलाकारले…
  • परोपकारी यात्रामा सिद्धि–सेतुली प्रतिष्ठान

    आदर्श समाज सम्वाददाता श्रावण २९, २०७९
    पोखरा । सिद्धि–सेतुली स्मृति प्रतिष्ठान पोखराको १६ औं वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सो अवसरमा संस्थाले…

hero news full width