प्रदेश नम्बर ४ मा माओबादी केन्द्रका नेता नेत्रनाथ अधिकारी निर्विरोध सभामुखमा निर्वाचित हुँदैछन्। निर्वाचन कार्यतालिका अनुसार बुधबार मनोनयन गर्ने समय थियो। निर्धारित समयमा अधिकारीले मात्रै मनोनयन दर्ता गराएपछि उनी निर्विरोध निर्वाचित हुन लागेका हुन्। प्रदेशसभा सचिवालयले उम्मेदवारको अन्तिम नामावली समेत प्रकाशित गरिसकेको छ।
बुधबार विहान साढे १० बजेदेखि मध्यान्न साढे १२ बजेसम्मका लागि मनोनयन दर्ताको समय तोकिएको थियो भने साढे १ बजे दिउँसो अन्तिम नामावली प्रकाशन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। एमालेको साथ पाएका अधिकारीलाई करिब दुर्इ तिहाई मत छ। ६० सीट रहेको प्रदेश ४ मा एमालेको २७ र माओबादी केन्द्रको १२ सीट अधिकारीका मतदाता हुन् ।
१५ सीटे प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रदेशका कुनैपनि पदमा दावी गरेको छैन। काँग्रेसले फागुन ६ अघि संसदीय दलको नेता समेत नटुङ्ग्याउने बुझिएको छ।
सभामुखमा सर्बसम्मत हुन लागेका अधिकारी पर्वत प्रदेशसभा -क) बाट निर्वाचित भएका हुन्। माघ २२ गते बसेको प्रदेश ४ को पहिलो बैठकले विहिबारका लागि सभामुखको निर्वाचन मिति तोकेको थियो। जेष्ठ सदस्यले निर्वाचन बाहेकका सबै प्रक्रिया बैठकअघि नै तोक्ने निर्णय सुनाएका थिए। सोहीअनुसार बुधबार मनोनयन दर्ता गरिएको हो।
माओबादीको तर्फबाट संसदीय दलका नेतासमेत रहेका सांसद हरिबहादुर चुमानको प्रश्तावना र एमाले प्रदेश ४ का संयोजकसमेत रहेका अर्का सांसद किरण गुरुङको समर्थनमा अधिकारीले बुधबार उम्मेदवारी दर्ता गराएका छन्। उनलाई विहिबार बस्ने बैठकले अनुमोदन गर्नेछ। त्यसपछि जेष्ठ सदस्यले निर्विरोध रुपमा निर्वाचित भएको घोषणा गर्नेछन्। सभामुख चयन भएपनि उनले विहिबारको बैठक चलाउन पाउने छैनन्।
‘सभामुखले पहिलो बैठकको रुपमा उपसभामुखको चुनावको अध्यक्षता गर्नुहुनेछ। फागुन ६ मा उपसभामुख चुन्ने मिति तय भैसकेको छ, प्रदेशसभा सचिवालयका उपसचिव गोपाल सिग्देलले भने-‘विहिबारको बैठक जेष्ठ सदस्यले थालेर वहाँले नै समापन गर्नुहुन्छ।’
उनका अनुसार विहिबारको बैठक बढीमा २० मिनेट चल्नेछ। ‘बैठकका एजेण्डा खासै धेरै छैनन्। ३ वटा एजेण्डामा फटाफट निर्णय हुनेछ, उनी भन्छन्-‘अन्यथा नभए बढीमा २० मिनेट बैठक चल्छ।’ विहिबार बस्ने बैठकको कार्यसूचीमा सभामुख चयन मुख्य एजेण्डा छ। यसबाहेक बैठकले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मुख्यमन्त्रीको नियुक्तीको पत्र पढेर सुनाउने र उपसभामुखको चुनावको मिति तय गर्नेछ।
बैठकमा सभामुखको प्रश्तावक र समर्थकले समर्थन सहितको सम्बोधन गर्नेछन्। सभामुखको निर्वाचनका लागि विहिबार दिउँसो १ बजे प्रदेशसभाको दोश्रो बैठक बस्दैछ।
यसैबीच, प्रदेश प्रमुखले मुख्यमन्त्री र सभामुखको शपथ एकैदिन गराउने भएका छन्। शुक्रबार विहान १० बजे प्रदेश प्रमुखको निवासमा शपथ गराउने कार्यक्रम रहेको प्रदेशप्रमुखको सचिवालयले जनाएको छ। बुधबार नै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको शपथ भनिएपनि कान्छिआमाको निधनपछि दुर्इदिन पछि सारिएको हो।
मास्टरीबाट निकालिएर सभामुख
जन्मिँदा पञ्चायत शासनको बर्बरता थियो। हुँदा खानेलाई हुनेखानेहरुले सारो थिचोमिचोमा राख्थे। पढ्ने पढाउने संस्कारको विकास भएको पनि धेरै भैसकेको थिएन। थोरैले मात्रै पढ्थे, त्यो पनि निकै दुखका साथ। राज्यले नै जनतालाई बडो कठोर ब्यवहार गथ्यो। कसैले विरोध गर्दा सीधै जेल जानुपथ्यो । सबैकुरा नजिकैबाट नियालिरहेका नेत्रनाथ अधिकारी आन्दोलनकारीको पछि लागेर सरकारको विरोध सँधै गरिरहे। २०२२ सालमा पर्वतको पाङमा जन्मिएका उनी १६ बर्ष पुग्दा नपुग्दै कम्युनिष्ट आन्दोलनको सदस्य भैसकेका थिए। २०३८ सालमा नेपाल कम्युनिष्ट पार्टीको चौंथो महाधिवेशनबाट सदस्यता लिई राजनीतिमा छिरेका उनी मास्टरी पृष्ठभूमिका नेता हुन्। पञ्चायतको विरोध गर्दा तत्कालीन पञ्चायत सरकारले उनलाई जागिरबाट निकालिदिएको थियो। त्यतिबेला उनले सोही विद्यालयमा १८ महिनासम्म निशुल्क पढाए पनि।
राजनीतिक जीवनको ४ दशकसम्म लाभको पदमा नपुगेका उनी २०४५ देखि पूर्णकालीन कार्यकर्ता भएका थिए। अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदै २०४८ सालमा नेकपा मशालको म्याग्दी जिल्ला सेक्रेटरी, २०५० मा नेकपा एकताकेन्द्रको पर्वत, वागलुङ्, स्याङ्जा,र्र् इञ्चार्ज र सेक्रेटरी तथा ०५१ मा पर्वतको पार्टीईञ्चार्ज भएर काम गरे। २०५२ सालमा नेपालमा जनयुद्ध शुरु हुँदा माओबादी छिरेर जनयुद्धमा सहभागी भएका अधिकारी ०५७ देखि ०५९ सम्म कास्की जिल्ललाको सेक्रेटरी, ०५९ देखि ०६० सम्म स्याङजा जिल्ला इञ्चार्ज, त्यसपछि २०६२ सम्म मगरात राज्य सेक्रेटरी, ०६५ देखि माओवादी पर्वत इञ्चार्ज, ०६८ देखि माओवादी केन्द्रीय सदस्य भएका थिए। ०७३ देखि उनी माओवादी केन्द्रको पोलिटब्युरो सदस्यका रुपमा कार्यरत छन्। अधिकारी २०७० को दोश्रो संविधानसभा चुनावमा काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीसँग पराजित भएका थिए।
Related News
सम्बन्धित समाचार
सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना
लायन्स डेस्टिनेसनमा सन्तोष
वाद्यवादन सामग्री विरतण
६८ युनिट रगत संकलन
अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९