काठमाडौँ, २ फागुन ।क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ।
नामिबियामा भइरहेको आइसीसी विश्व क्रिकेट लिग डिभिजन टुको अन्तिम लिग खेलमा बुधबार नेपालले क्यानडालाई हराउदै विश्वकप छनोटको खेलमा आफ्नो स्थान पक्का गरेको हो। क्यानडाले नेपाललाई दिएको १९५ रनको चुनौती ९ विकेट खर्चदै अन्तिम बलमा पूरा गरेको थियो। जितसंगै नेपालले डिभिजन एकमा स्थान पक्का गरेको छ भने वान डे विश्वकप छनोट खेल खेल्न पाउने भएको छ।
नेपालको जितमा करण केसीले उत्कृष्ट प्रदर्शन गरे। १९५ रनको लक्ष पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो। तर, करणले सन्दिप लामिछानेसंग लोभलाग्दो आक्रामक पारी खेल्दै नेपाललाई जित दिलाए। अन्तिम ओभरमा नेपाललाई ६ बलमा ८ रन चाहिएको थियो र क्रिजमा करण थिए। लगातार चार बलभन्दा उनले रन जोड्न सकेनन्। तर, पाँचौं बल छक्का हान्दै जितको आशा जगाए। अर्को बल वाइड भएसंगै नेपालको खातामा एक रन थपियो र दुबै टिमको स्कोर ड्र भयो। अब अन्तिम बलमा मात्र एक रन चाहियो, जुन करणले सहजै पूरा गरे र नेपाललाई डिभिजन टूको फाइनलसंगै विश्वकप छनोटमा पुर्याए। ३१ बलको सामना गरेका उनले ३ चौका र चार छक्काको मद्धतमा नटआउट ४२ रन बनाए।
खराव सुरुवातका बाबजुद त्यसबेला नेपालले ३४ ओभरमा ५ विकेट गुमाएर ११५ रन बनाएको थियो। रोहितकुमार पौडेल र आरिफ शेख क्रिजमा जमेका थिए। तर, केहीबेर पानीले खेल रोकियो। पानी रोकिएपछि सुरु भएको खेलमा नेपालले लगातार विकेट गुमायो। नेपालले २९ रन जोड्दा ४ विकेट गुमाएको थियो।
नेपालका लागि दिलिपनाथले ४१ रनको योगदान दिए भने आरके पौडेलले २७, आरिफ शेखले २६ तथा दीपेन्द्रसिंह ऐरीले १८ रनको योगदान दिए। खेलमा कप्तान पारस खड्कासहितको अन्य ब्याट्सम्यान भने चल्न सकेनन् । यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा १९४ रनको योगफल बनाएको थियो।
क्यानडाको लागि सुरुवाती व्याट्सम्यान श्रीमन्था विजेयरत्नेले सतकीय प्रहार गरे। १५२ बल प्रहार गरेका उनले ८ चौकाको मद्वतमा अविजित १०३ रन जोडे। यसअघि, नामिबियाविरुद्ध पहिलो खेल खेल्दा विजेयरत्नेले आठ रन मात्र बनाएका थिए। त्यस्तै, क्यानडाको अर्का व्याट्सम्यान हम्जा तारिकले २४ रन तथा सादविन जाफरले १० रन जोड्नुबाहेक अन्यले दोहोरो अंक जोड्नै सकेनन्।
बलिङतर्फ नेपालका वसन्त रेग्मीले तीन विकेट लिए भने सन्दिप लामिछानेले २ तथा शरद भेषावकरले र करण केसीले समान एक एक विकेट लिए। प्रतियोगिताको पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ओमानसंग हार व्यहोरेको थियो। यस्तै, तेस्रो खेलमा युर्एइलाई हराएको थियो। बुधबार नै भएको अर्को खेलमा यूर्एइले नामिबियामाथि १९ रनको जित निकालेको छ र फाइनलसँगै विश्वकप छनोटमा स्थान बनाएको छ।
Related News
सम्बन्धित समाचार
वडास्तरीय वडाध्यक्ष कप चापाकोट ४ लाई
जिएमसी स्पोर्टमा ११ कलेज सहभागी
आजदेखि बिटी कप
पोखरामा ९० हजार पुरस्कारको क्यारमबोर्ड प्रतियोगिता हुने
फेन्सिङमा गण्डकीलाई स्वर्ण
hero news full width
मुख्य समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
माघ २३, २०७९