हेमजा, २ फागुन ।’पहिचान माछापुच्छे्र गाउँपालिकाको, जगेर्ना धर्म, संस्कृति र पर्यटनको’ भन्ने मूल नाराका साथ माछापुच्छे्र गाउँपालिका-४, लाहाचोकस्थित बानेटाकुर धार्मिक क्षेत्र संरक्षण समितिको आयोजनामा भएको महाशिवरात्री मेला बुधवारबाट सकिएको छ।
समापन समारोहलाई सम्बोधन गर्दै राष्ट्रियसभा सदस्य बिन्द्रा रानाले धर्म संस्कृति सबैको सम्पति भएको चर्चा गर्दै त्यस्तो धर्म संस्कृतिको जगेर्ना गर्नु सबैको समान दायित्व भएको औल्याइन्। सदस्य रानाले माछापुच्छे्र गाउँपालिका पर्यटन र कृषिका क्षेत्रमा अगाडि बढ्न सक्ने जनाउँदै लाहाचोक क्षेत्रमा सिञ्चाईको सहज प्रबन्ध मिलाएर स्थानीय आमा दिदीबहिनीहरु व्यवसायिक खेती प्रणालीतर्फ लाग्नुपर्ने आवश्यकता रहेको बताइन्।
काँग्रेसका नेता शुक्रराज शर्माले धर्म संस्कृतिले समाजलाई सुसस्कृतियुक्त बनाउने टिप्पणी गर्दै आयोजकले महाशिवरात्री मेला गरेर संस्कृतिको जगेर्ना गर्न खोजेको बताए। नेपाली काँग्रेस कास्की सभापति कृष्ण केसीले विभिन्न कठिनाईका बीच मेला सफल बनाएकोमा आयोजनाप्रति धन्यवाद प्रकट गर्दै नेपाली राजनीतिमा दलहरुले हारजितको मानशिकता त्यागी विकासका मुद्दामा एकजुट हुनुपर्ने जनाए।
जिल्ला समन्वय समिति कास्कीका सदस्य विष्णुप्रसाद पौडेलले नेपाल जातीय र सांस्कृतिक पहिचानले भरिपूर्ण देश भएको औल्याए। वडा नं.४ का अध्यक्ष पूर्णबहादुर शाहीले गाउँपालिकामा भएका विविधतालाई सदुपयोग गरी विकास गर्नुपर्ने औंल्याए।
मेला अन्तरगत शिवपुराण, खुल्ला भलिवल प्रतियोगिता, गाउँपालिकास्तरिय नौमती बाजा प्रतियोगिता, खुल्ला भजन चुड्का प्रतियोगिता, खुल्ला रत्यौली प्रतियोगिता, लोकदोहोरी प्रतियोगिता, लोपउन्मुख भदौरे भाखा हुरी गीत प्रतियोगिता, नौमति बाजामा नृत्य प्रतियोगिता सम्पन्न भएका छन्।
जसमा भलिवलतर्फ मिलन युवा क्लव धम्पुस प्रथम र संरक्षण युवा क्लव धाप्राङ मादी गाउँपालिका द्वितिय भएका छन्। त्यस्तै, रत्यौली प्रतियोगितातर्फ खास्टेताल आमा समूह लेखनाथ प्रथम, अन्नपूर्ण महिला प्राङ्गारिक समूह घाचोक द्वितिय, लोकदोहोरी गीत प्रतिष्ठान हेमजा तेस्रो, गौरीशंकर आमा समूह घाचोक सान्त्वना तथा घाचोक आमा समूह र लोकदोहोरी गीत प्रतिष्ठान लाहाचोक क्रमशः पाँचौ र छैटौं स्थान हात पार्न सफल भएका छन्।
त्यस्तै, खुल्ला भजन चुड्का प्रतियोगितामा देवीस्थान भजन समूह हेमजा प्रथम, माछापुच्छे्र सेवा समाज हेमजा दोस्रो, करुणानिधी माध्यमिक विद्यालय पोखरा सिम्पानी तेस्रो र गौरीशंकर भजन समूह घाचोक चौथो भएका छन्। त्यस्तै, झाँकीतर्फ माछापुच्छे्र सेवा समाज प्रथम, राममन्दिर सिर्जना समूह द्वितिय, नौमती बाजाको लाखे समूह तृतीय र सुनौलो पाटन आमासमूह सान्त्वना भएका छन्।
त्यस्तै, पन्चेबाजा प्रतियोगितातर्फ अस्ताम नौमती बाजासमूह प्रथम, घाचोक नौमती बाजासमूह दोस्रो र लाहाचोक नौमती बाजासमूह तेस्रो हुन सफल भएका छन्। समापनको दिन बुधवार लोकदोहोरी कलाकारहरु रामजी खाँड, पार्वती जिसी, प्रेमराज अधिकारी, तुलसा जिसी, बसन्ती थापा, रनु गुरुङ, श्रीराम अधिकारी र परशुराम अधिकारीले आ-आफ्ना प्रस्तुतीहरु राखेका थिए।
मेला संयोजक पानबहादुर जिसीले सबैको सहयोगबाट मेला सम्पन्न भएको जनाउँदै आगामी वर्षका मेलालाई थप व्यवस्थित गरिदैं लैजाने प्रतिबद्घता जनाए। उनले ६० हजार दर्शकले मेला अवलोकन गरेको बताए।
कार्यक्रममा शिवपुराणका अलावा ग्रहशान्ति, चौरासीपूजा, ब्रतबन्ध लगायतका धार्मिक कर्महरु पनि गरिएको थियो। जेष्ठ नागरिक बहुउद्देश्यीय भवन निर्माणका अलवा सांस्कृतिक तथा धार्मिकस्थलहरुको जगेर्ना गर्ने, सांस्कृतिक र धार्मिक पर्यटनको विकास साथै व्यवसायिकतालाई पछ्याउने, बाटोघाटो र सार्वजनिक सम्पत्तिको संरक्षण एवम् सरसफाईमा केन्द्रीत हुने मूल उद्देश्यमा मेला सफल भएको आयोजकले दावी गरेको छ। मेलाको थप आकर्षणका रुपमा गाउँपालिकाका प्राकृतिक एवम् धार्मिकस्थलहरुको हेलिकप्टरमार्फत दृश्यावलोकन पनि गराइएको थियो। मेला संयोजक पानबहादुर जिसीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा नेपाली काँग्रेस माछापुच्छे्र गाउँपालिकाका संयोजक मधुसुदन अधिकारीले स्वागत स्थानीय समाजसेवी विदुरचन्द्र ढकालले कार्यक्रम सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९