काठमाडौ, २८ माघ। नेकपा एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचित हुने ४१ सांसदको सूची निर्वाचन आयोग समक्ष बुझाएको छ। पार्टीले प्राप्त गरेको सिट संख्या अनुसार आइताबार नै समावेशी समूह मिलाएर निर्वाचन आयोगसमक्ष पठाइएको एमालेले जनाएको हो।
पार्टीकेन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले तय गरेको ४१ जनाको नामावली आइताबार नै आयोगमा बुझाएको हो। दलहरुले समानुपातिक नाम बुझाउने म्याद सोमबारसम्म तोकिएको छ।
आयोगमा पेश गरेको ४१ जनाको सुचीमा पुरुषतर्फ चारजना परेका छन् भने ३७ जना महिला छन्। समानुपातिकमा एमालेबाट यसअघि थरुहट पार्टीकाट सभासद रहेका गंगा चौधरी सतगौंवा पनि परेका छन्। यस्तै अनेरास्ववियुका पूर्वअध्यक्ष रामकुमारी झाँक्री, वर्तमान अध्यक्ष नविना लामा पनि समानुपातिकबाट सांसद बनेका छन्।
एमालेले बुभाएको सूचीमा मुकुन्द न्यौपाने, विजय सुब्बा, मोहन बानियाँ, मोतीलाल दुगड, थममाया थापा, डा. शिवमाया तुम्वाहाम्फे, सुजिता शाक्य, रामकुमारी झाँक्री, बिना श्रेष्ठ, कु. तुल्सी थापा, नबिना लामा, शान्तिमाया तामाङ पाख्रिन, कुमारी मेचे, बिनादेवी बुढाथोकी मगर रहेका छन्। यस्तै, राधाकुमारी ज्ञवाली, बिन्दा पाण्डे, गोमा देवकोटा, कल्याणीकुमारी खड्का, निरुदेवी पाल, मनकुमारी जिसी, मायादेवी न्यौपाने, विष्णु शर्मा, सरिता न्यौपाने, मैनाकुमारी भण्डारी, तीर्था गौतम, शान्ता चौधरी, लक्ष्मीकुमारी चौधरी, गंगा चौधरी, निरादेवी जैरु, बिमला विश्वकर्मा, बिमला विक, पार्वतीकुमारी विशुंखे, सानु शिवा, आशाकुमारी विक रहेका छन्।
यस्तै जुलीकुमारी महतो, डा. पुष्पा कुमारी कर्णकायस्त, सरलाकुमारी यादव, रेखाकुमारी झा, सरिताकुमारी गिरी, कालिला खान र समिना हुसेन रहेका छन्।
Related News
सम्बन्धित समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
hero news full width
मुख्य समाचार
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९