लायन्स आदर्श चौतारीको बृहत स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
माघ २९, २०७४

पोखरा, २८ माघ।लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले तनहुँको व्यास नगरपालिका वडा नं ५ नेपालटारमा बृहत् स्वास्थ्य शिविर गरेको छ।

पोखरा अस्पताल प्रा.लि.को प्राविधिक सहयोग तथा फोक्सिङ सामुदायिक वन उपभोक्ता समूहको स्थानीय व्यवस्थापनमा आयोजित शिविरबाट १२ सय जना लाभान्वित भएका छन्। शिविरमा उपचार तथा परामर्श सेवा सहित निःशुल्क औषधी वितरण गरिएको थियो।

पोखरा अस्पतालका बरिष्ठ चिकित्सक प्रा.डा गोपीप्रसाद हिराचन नेतृत्वको ३० जना स्वास्थ्यकर्मीको टोलीले उपचार सेवा प्रदान गरेका थिए। टोलीमा डा. केशव शर्मा, डा. ऋचा श्रेष्ठ, डा. रामजी बराल, डा. नविन त्रिपाठी र डा. मनिशा कोइराला लगायत सहभागी थिए।

शिविरमा बालरोग, पेट, छाति तथा मुटुरोग , स्त्रीरोग, छाला तथा यौनरोग, हाडजोर्र्नी तथा नशा रोगको उपचार सेवा प्रदान गरिएको थियो भने भिडियो एक्सरे, इसीजी, ल्याब सेवा पनि उपलव्ध गराइएको थियो।

फष्ट भाइस डिष्ट्रिक ३२५ बी वानका गभर्नर अशोककुमार श्रेष्ठले बरिष्ठ चिकित्सक प्रा.डा गोपीप्रसाद हिराचनलाई स्थेस्कोप हस्तान्तरण गरी शिविर उद्घाटन गरेका थिए। उनले लायन्स समाज सेवा अभियान भएको उल्लेख गरे। ‘सेवा नै ठूलो धर्म हो’ उनले भने – ‘अरुलाई सक्दो सहयोग गरी सेवा गरौ।’

लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका एक्सटेन्सन चियर पर्सन कमल बस्नेतले सवै मिलेर समाजका लागि योगदान दिनुपर्ने आवश्यकता औंल्याए। व्यास नगरपालिका वडा नं ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले आगामी वर्ष लायन्ससंग सहकार्य गर्दै वडामा ठूलो स्वास्थ्य शिविर राख्ने प्रतिवद्वता व्यक्त गरे।

पोखरा अस्पतालका व्यवस्थापक शिवप्रसाद कोइरालाले समुदायको हितका लागि अस्पतालले स्वास्थ्य शिविरमा प्राविधिक सहयोग गर्दै आएको बताए।

लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका अध्यक्ष दयाशंकर गौतमको अध्यक्षतामा भएको कार्यक्रममा फोक्सिङ सामुदायिक वन उपभोत्ता समूहका अध्यक्ष सुन्दर बरालले स्वागत, क्लबका संस्थापक अध्यक्ष बासुदेव कोइरालाले धन्यवाद ज्ञापन र सचिव शिव नेपालीले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • प्रतिभा माविमा क्रिकेटको ‘प्राक्टिस नेट’

    आदर्श समाज सम्वाददाता असार ३०, २०८१
    पोखरा । प्रतिभा माविले क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ विद्यालय परिसरमा क्रिकेटको ‘प्राक्टिस नेट’ तयार पारेको छ । नेपाली…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • डेभिज फल सहकारीको १४ औं वार्षिकोत्सवमा रक्तदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । डेभिज फल बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१७ ले १४ औं वार्षिकोत्सव अवसरमा शनिबार रक्तदान कार्यक्रम गरेको…
  • लेकसिटी कलेजमा डिटिटिपी कोर्स

    आदर्श समाज सम्वाददाता असार २७, २०८१
    पोखरा । पोखराको गैरापाटनमा रहेको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरले नियमित पठन पाठनका अलावा विद्यार्थीहरुको विकासका लागि इन्टरनेसनल फाउण्डेसन फर…
  • वडा १७ को कार्यालय सारिने

    आदर्श समाज सम्वाददाता असार २७, २०८१
    पोखरा । पोखरा महानगरपालिका–१७ ले चालु आर्थिक वर्षमा ८४ प्रतिशत पुँजीगत र चालुतर्फ ८८ प्रतिशत बजेट खर्च गरेको छ ।…

hero news full width