हिमाली सांस्कृतिक परिवारद्वारा शिक्षाविद् गुरुङ अभिनन्दित

आदर्श समाज सम्वाददाता
माघ २४, २०७४
himali

पोखरा, २३ माघ। हिमाली सांस्कृतिक परिवारले पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख, शिक्षाविद् गणेशबहादुर गुरुङलाई अभिनन्दन गरेको छ । परिवारको २३ औं वाषिर्कोत्सव अवसरमा मंगलबार गुरुङलाई अभिनन्दन र पुरानो एवं ओझेलमा परेकी पोखरा बाटुलेचौरकी गायिका हरिमाया गायकलाई रुपेन बाबु स्मृति पुरस्कारबाट सम्मान गरियो ।

शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याएकोमा  शिक्षाविद् गुरुङलाई प्रमुख अतिथि कर्णेल जेपी क्रस, परिवारका प्रमुख संरक्षक चेतन कार्की र तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले सम्मानसहित अभिनन्दनपत्र हस्तान्तरण गरे ।

यस्तै, रुपेन बाबु स्मृति पुरस्कारबाट सम्मानित गायकलाई प्रमुख अतिथि जेपी क्रस, प्रमुख संरक्षक चेतन कार्की र परिवारद्वारा मानार्थ सदस्यबाट सम्मानित महेश गुरुङले १० हजार ५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरे ।

उक्त अवसरमा २०२३ सालमा लोकगायन अन्तर अञ्जच प्रतियोगितामा प्रथम गायकलाई परिवारकी मानार्थ सदस्य बोलमाया गुरुङको तर्फबाट ५ हजार रुपैयाँ प्रदान गर्दै सम्मान गरियो ।

अभिनन्दित गुरुङ शिक्षाविद गुरुङ र सम्मानित गायकको योगदानको बारेमा प्रमुख संरक्षक चेतन कार्कीले जानकारी गराएका थिए ।

अभिनन्दित शिक्षाविद् गुरुङले संस्कृतिको धनी देश नेपालको लोकसँस्कृतिको संरक्षणमा हिमाली सांस्कृतिक परिवारको ठूलो योगदान रहेको भन्दै अत्यन्तै गौरवशाली संस्थाबाट अभिनन्दित हुन पाएको खुशी व्यक्त गरे। हिमालीले नेपालको हिमाल, पहाड, तराईको मौलिक संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याएको भन्दै परिवारको प्रगतिको कामना गरे। सम्मानित हरिकला गायकले सम्मानप्रति आभार व्यक्त गर्दै गीत गाइन् ।

प्रमुख अतिथि समाजसेवी कर्णेल जेपी क्रसले आफ्नो ७३ वर्षको नेपाल बसाइँमा धेरै महत्वपूर्ण कार्यक्रममध्ये शिक्षाविद् गुरुङ जस्ता ठूलो मान्छेलाई आफ्नो अभिनन्दन गर्न पाउनु अत्यन्तै गौरव महसुस गरेको बताए।

तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले अभिनन्दित र सम्मानितलाई बधाई ज्ञापन गरिन्।

परिवारका प्रमुख संरक्षक चेतन कार्कीले सेतो घोडा चढ्ने रहरकै कारण पनि आफू नाटकको कलाकार बनेको बताउँदै अभिनन्दित गुरुङ शिक्षाविद मात्रै नभई वरिष्ठ समाजसेवी रहेको बताए । यस्तै, परिवारले  लुकेको कलाकार खोजी खोजी सम्मान गर्नु अत्यन्तै उदाहरणीय कार्य भएको भन्दै प्रशंसा गरे।

सामाजिक अभियन्ता महेश गुरुङले परिवारले लोपहुँदै गएको मौलिक सँस्कृति संरक्षण अभियानमा जुटेकाले हिमाली नेपालकै सम्पत्ति भएको बताए । उनले संस्थाका संस्थापक अध्यक्ष रुपेन बाबुको स्मृतिमा कलाकार सम्मानका लागि ३ वर्षसम्म वर्षेनी १० हजार ५ रुपैयाँ प्रदान गर्ने घोषणा गरे।

कार्यक्रमबीच, परिवारले सल्लाहकार महेस गुरुङले लामो समयदेखि संस्थालाई अतुलनीय योगदान पुर्‍याउनुभएकोमा मानार्थ सदस्यता प्रदान गर्दै सम्मान गरेको थियो ।

यस्ते, विभिन्न संस्थाबाट अभिनन्दित र सम्मानित भएकोमा प्रमुख संरक्षक चेतन कार्की, तमु पत्रकारिताबाट पुरष्कृत भएकोमा सल्लाहकार हुमबहादुर गुरुङ र प्रेस चौतारी पुरस्कारबाट पुरस्कृत भएकोमा शान्ति गुरुङलाई बधाई ज्ञापन गरिएको थियो।

परिवारका वर्षभरमा सबैभन्दा उत्कृष्ट कलाकारमा सविना गुरुङ र सहकोषाध्यक्ष सविन गुरुङलाई जनही ५ हजार नगद सहित सम्मानपत्र दिइयो ।

परिवारका अध्यक्ष मेनकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका स्वागत वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापा र सञ्चालन श्रीजंग गुरुङ गरेका थिए ।

उक्त अवसरमा परिवारका कलाकारले विविध सांस्कृतिक प्रस्तुति देखाएका थिए ।

Related News

सम्बन्धित समाचार

  • दुर्गा मन्दिरमा अक्षरयात्रा

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    पोखरा । अक्षरयात्राको १९७ औं कार्यक्रम स्रष्टा समाज पुम्दीभुम्दीको स्थानीय व्यवस्थापनमा पोखराको छोरेपाटन र पुम्दीभुम्दीको सीमानामा पर्ने धार्मिकस्थल दुर्गा मन्दिरमा…
  • आलु महोत्सव लक्षित सरसफाइ

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    हेमजा । ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव नजिकिँदा हेमजामा सरसफाइ गरिएको छ । महोत्सव आयोजक विष्णुपादुका क्लबको आयोजनामा…
  • सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    पोखरा । सामुदायिक शैक्षिक संस्थालाई समुदायको निगरानी र माया चाहिने सरोकारवालाले बताएका छन् । सामुुदायिक संस्थाको महŒव समुदायले नबुझ्दा समस्या…
  • पाइपलाइनमा हुने क्षतिको मूल्यांकन गर्न समिति

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडकखण्ड विस्तारका क्रममा कोत्रेदेखि विजयपुरसम्मका विभिन्न खानेपानी आयोजनाका पाइपलाइनमा हुने क्षतिको मूल्यांकनका लागि अनुगमन समिति…
  • लापरवाहीले बढ्यो सडक दुर्घटना

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    लेखनाथ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत राष्ट्रिय सडक सुरक्षा परिषद्को आयोजनामा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम शनिबार भएको…

hero news full width