पोखरा २३, माघ। तनहुँ, भिमाद नगरपालिका-५, मिछुर्लुङ्ग स्थित नर प्राविका पूर्व प्रधानाध्यापक एवम् पोखरा लेखनाथ १४ निवासी विश्वनाथ ओझा र लायन्स क्लब अफ पोखरा डल्फिनद्वारा सोही विद्यालयमा १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ।
अक्षयकोषबाट आम्दानी रकम जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान एवम् भौतिक सामानहरुको संरक्षण गर्ने उद्देश्य रहेको कार्यक्रम संयोजक शंकर ओझाले बताएका छन्।
सोही कार्यक्रममा लायन्स क्लब र विभिन्न व्यक्तिहरुको सहयोगमा विद्यालयलाई ३ थान कम्प्युटर, विद्यार्थीलाई शैक्षिक सामग्री, लाइब्रेरीको लागि आवश्यक पुस्तक तथा सामग्री, विभिन्न खेलकुद सम्बन्धी सामग्री गरि ३ लाख ५० हजार बराबरको शैक्षिक सामग्री पनि हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा बोल्दै पूर्व प्रधानाध्यापक ओझाले आफ्नो विगतको मेहनतले मात्र विद्यालयप्रति योगदान नपुगेको बताउँदै आफ्नो सानो सहयोगले विद्यालयको संरक्षण र जेहेन्दार विद्यार्थीलाई केही राहात पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रम संयोजक शंकर ओझाले सहयोगी भावनाले नै क्लब स्थापना भएको हुँदा यस्ता सहयोगलाई निरन्तर अगाडि बढाइरहने बताउँदै सबै सहयोगी मनहरुप्रति कृतज्ञता व्यक्त गरे।
प्रमुख अतिथि डिस्ट्रिक ३२५ बि १ का फस्ट भिडीजी अशोक श्रेष्ठ सम्पन्न कार्यक्रमको अध्यक्ष ऋषि गिरी गरेका थिए भने सञ्चालन डासिराम सापकोटाले गरेका थिए।
अक्षयकोष दाता ओझा सोही विद्यालयमा करिब १४ वर्ष अध्यापन गरेका थिए भने विद्यालयमा हाल ६२ जना विद्यार्थी अध्ययनरत रहेका छन्।
Related News
सम्बन्धित समाचार
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
hero news full width
मुख्य समाचार
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९