माछापुच्छ्रे टोल विकास संस्थामा खड्का

आदर्श समाज सम्वाददाता
माघ २३, २०७४
machhapuchre tol

पोखरा, २२ माघ। पोखरा रामबजारमा रहेको माछापुच्छ्रे टोल विकास संस्थाको सम्पन्न छैठौं साधारण सभा तथा तेश्रो अधिवेशनले गणेशबहादुर खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

कार्यसमिति उपाध्यक्षमा जयराम आचार्य, सचिवमा सुन्दर धिताल, कोषाध्यक्षमा मुना जिसी, सहसचिवमा शिव थापा र सहकोषाध्यक्षमा राजेश्वर थापा चयन भए।

सदस्य डा नवीनकुमार श्रेष्ठ, तीर्थकुमारी भुजेल, जम्मरकुमारी गुरुङ, दुर्गाबहादुर गुरुङ र महेन्द्र बोहोरा रहेका छन्।

साधारण उद्घाटन गर्दै पोखरा १० का वडाध्यक्ष राजकुमार गुरुङले आफ्नो वडाभित्रका टोल विकास तथा महिला समूहले टोलको विकासका लागि उल्लेखनीय काम गर्दै आएको बताए।

यसैबीच, सुशीला श्रेष्ठको अध्यक्षतामा माछपुच्छ्रे टोल महिला समूहको तदर्थ समिति गठन भएको छ। समिति उपाध्यक्ष शान्ति धिताल, सचिवमा जूना बोहोरा, कोषाध्यक्षमा कमला गुरुङ, सहसचिवमा लक्ष्मी खड्का, सहकोषाध्यक्षमा गंगा पनेरु चयन भएको कार्यक्रमे संयोजक सुन्दर धितालले जानकारी दिए।

सदस्य श्रद्धा श्रेष्ठ, शान्ति श्रेष्ठ, शान्तिदेवी आचार्य पौडेल, लग्मी भुजेल, तारा कार्की, चन्द्रकला श्रीषमगर र रेखा थापा रहेका छन्।

माछापुच्छ्रे टोल विकास संस्थाका अध्यक्ष नरहरि पनेरुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गणेश खड्काले स्वागत र संस्थापक अध्यक्ष राजु श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रम सञ्चालन सचिव जयराम आचार्यले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । सेन्टर फर इनर्जी एन्ड इन्भाइरोमेन्ट नेपाल र पोखरा १२ वडा कार्यालयबीच फोहोर न्यूनीकरणका सहकार्य गर्नेबारे सम्झौता भएको छ ।…
  • पोखरा १२ ले बनायो आफ्नै एप

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । पोखरा वडा १२ ले डिजिटल सेवा प्रवद्र्धन गर्ने उद्देश्यले मोबाइल एप संचालनमा ल्याएको छ । घरमा वा जहाँसुकै…
  • पोखरामा सामुदायिक थियटरको माग

    विजय नेपाल चैत्र १४, २०७९
    पोखरा । कलाकार जसु गुरुङ पोखरा झर्दा पहिले पहिले यहाँ नाटक हुन्थ्यो भन्ने मात्र सुनेकी थिइन् । गण्डकी प्रज्ञा प्रतिष्ठान…
  • प्रहरी कार्यालयको भवन शिलान्यास

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    लेखनाथ । इलाका प्रहरी कार्यालय डाँडाको नाकमा ६ कोठे पक्की भवन सोमबार शिलान्यास गरिएको छ । भवनको पोखरा २६ का…
  • अमरसिंहको ६७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । अमरसिंह नमुना माविको ६७ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भयो । समारोह उद्घाटन गर्दै…

hero news full width