पोखरा, २० माघ। फुटबल रौनक सकिनेबित्तिकै पोखरा रंगशालामा क्रिकेट खेल हेर्न पाइने भएको छ। माघ २३ देखि २७ गतेसम्म अन्तरक्लब दी युनाइटेड गोल्डमार्ट पिसीसी क्रिकेट कप-२०७४ प्रतियोगिता हुँदैछ।
पोखरा क्रिकेट क्लब (पिसीसी) ले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगितामा कास्की सहित बागलुङ र म्याग्दी जिल्लाका विभिन्न ८ क्रिकेट क्लबको सहभागिता रहने क्लब अध्यक्ष निकेश श्रेष्ठले जानकारी दिए।
टी-२० फर्म्याटमा सञ्चालन हुने नकआउट प्रतियोगितामा धौलागिरी क्रिकेट क्लब बाग्लुङ, बौद्ध क्रिकेट क्लब बेनी, खबरा क्रिकेट क्लब म्याग्दी, राइजिङ क्रिकेट एकेडेमी पोखरा, अरण्यज्योति क्रिकेट क्लब पोखरा, सांग्रिला क्रिकेट क्लब पोखरा, पोखरा क्रिकेट एकेडेमी र पोखरा क्रिकेट क्लब सहभागी हुनेछन्। प्रतियोगिता सम्पन्न गर्न ३ लाख २५ हजार खर्च हुने आयोजकको अनुमान छ।
२३ वर्षदेखि पोखराको क्रिकेट विकासमा उल्लेख्य योगदान पुर्याउँदै आएको सो क्लबले हाल ८ देखि १७ वर्ष उमेरका ३० जना बालकलाई पोखरा क्रिकेट एकेडेमीमा प्रशिक्षण दिँदै आएको प्रशिक्षक रिजन प्रजुले जानकारी दिए।
विजेताले ४० हजार र उपविजेताले २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। म्यान अफ दि टुनामेन्टले ७ हजार ५ सय बराबरको क्रिकेट किट् पाउनेछन् भने वेस्ट बलर, वेस्ट ब्याट्सम्यानलाई जनही ५ हजार साथमा हरेक दिन म्यान अफ दि म्याचलाई समेत पुरस्कृत गरिने क्लबले जनाएको छ।
दी युनाइटेड गोल्डमार्ट प्रालि मुख्य प्रायोजक रहने सो प्रतियोगितामा हस्पिटल पार्टनरमा हिमालय पोलिक्लिनिक तथा जिल्ला क्रिकेट संघ कास्कीको प्राविधिक सहयोग रहेको छ।
क्लबले पत्रकार सम्मेलनमै खेलतालिकाका लागि गरेको गोलाप्रथामा समूह एमा पोखरा क्रिकेट क्लब, खबरा क्रिकेट क्लब बेनी, धौलागिरी क्रिकेट क्लब बाग्ालुङ र सांग्रिला क्रिकेट क्लब पोखरा रहेका छन्। समूह बीमा पोखरा क्रिकेट एकेडेमी, अरण्यज्योति क्रिकेट क्लब पोखरा, बुद्ध क्रिकेट क्लब म्याग्दी र राइजिङ क्रिकेट एकेडेमी पोखरा रहेका छन्। उद्घाटन खेल मंगलबार बिहान ८ बजे आयोजक पीसीसी र खबरा क्रिकेट क्लब बेनीबीच हुनेछ। अर्को खेल बिहान ११ बजेबाट धौलागिरी क्रिकेट क्लब बाग्ालुङ र सांग्रिला क्रिकेट क्लब, पोखराबीच हुनेछ। भोलिपल्ट बुधबार पोखरा क्रिकेट एकेडेमी र अरण्यज्योति क्रिकेट क्लब पोखराबीच र अको खेलमा बुद्ध क्रिकेट क्लब म्याग्दी र राइजिङ क्रिकेट एकेडेमी प्रतिष्पर्धामा उत्रनेछन्। खेल हेर्न दर्शकलाई पैसा लाग्दैन ।
Related News
सम्बन्धित समाचार
वडास्तरीय वडाध्यक्ष कप चापाकोट ४ लाई
जिएमसी स्पोर्टमा ११ कलेज सहभागी
आजदेखि बिटी कप
पोखरामा ९० हजार पुरस्कारको क्यारमबोर्ड प्रतियोगिता हुने
फेन्सिङमा गण्डकीलाई स्वर्ण
hero news full width
मुख्य समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९