पोखरा, १७ माघ। जलकुम्भीले बिरुप बन्दै गएको पोखराको गहना फेवातालमा अब फोहार तथा जलकुम्भी निकाल्न मेसिन प्रयोग हुने भएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट ५० लाख र पोखरा लेखनाथ महानगरुपालिकाको ७५ लाख रुपैयाँ गरी डेढ करोड रुपैयाँ लागतमा खरिद गरिएको मेसिन बुधबार तालमा परीक्षण समेत गरियो। मेसिन खरिदमा प्रतिनिधि सभा सदस्य समेत रहेका संसद् विकास समितिका पूर्व सभापति रवीन्द्र अधिकारी र महानगरपालिकाले समन्वय गरेको थियो ।
तालबाट फोहोर र जलकुम्भी झार निकाल्ने क्यानाडाबाट खरिद उक्त मेसिन बुधबार ताल किनार बाराही घाटमा झारिएको थियो ।
मेसिनको परीक्षण भए पनि माघ अन्त्यतिर विशेष समारोह गरी औपचारिक रुपमा सुरुवात गरिने जनाइएको छ । तालबाट निकाएको फोहोर तथा जलकुम्भी एकै ठाउँमा जम्मा गरी कम्पोष्ट मल बनाइने पोखरा लेखनाथ महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले गत वैशाखमा जलकुम्भी झार व्यवस्थापनका लागि मेसिन खरिदको निर्णय गरेको थियो । तालबाट जलकुम्भी निकाल्नकै लागि वर्षेनी २० लाख भन्दा बढी खर्च हुने गरेको थियो ।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
माघ २३, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९