पोखरा, १६ माघ। शहीद दिवस सर्न्दर्भमा जनप्रिय बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेलगायत सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
दिवस अवसरमा मंगलबार भएको कार्यक्रमका प्रमुख अतिथि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर कुँवरले क्याम्पस स्थापना गर्न स्व. पालिखेको योगदानको कदर गर्दै शहीद घोषणा गरेकोमा नेपाल सरकारप्रति धन्यवाद व्यक्त गरे।
क्याम्पस प्रमुम विरञ्जी गौतमले शैक्षिक क्षेत्रमा संस्थापक क्याम्पस प्रमुखको अहम् भूमिका रहेको कुरा व्यक्त गरे।
यूनियन अध्यक्ष आशिक गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा ७ का अध्यक्ष रामचन्द्र बराल, सिनेटका सदस्य रंगीला आचार्य, प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष कृष्णबाबु बराल, पत्रकार गुप्तप्रसाद शर्मालगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरे।
उपसभापति कृष्ण थापाले स्वागत तथा सदस्य गोविन्द महतले धन्यवाद र सचिव धु्रवराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९