पोखरा, १६ माघ । पोखरा ८ मा रहेको लालिगुराँस टोल विकास संस्थाको मंगलबार आठौं साधारण सभा भएको छ ।
साधारण सभालाई सम्बोधन गर्दै पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले टोल विकास संस्थाको सहयोगले मात्रै महानगरपालिकाका कार्यक्रम सफल हुने बताए ।
उनले टोल विकास संस्थाको सक्रियताले पोखराको समृद्धीमा टेवा पुगेको उल्लेख गर्दै थप क्रियाशीलता बढाउन आग्रह गरे ।
विश्व हिन्दू महासंघ कास्कीका अध्यक्ष शंकर खरालले धर्म र संस्कृति संरक्षणमा टोल विकास संस्था पनि एकजुट भएर लाग्नुपर्ने बताए । कसैले पनि धर्म परिवर्तन गराउन नपाउने भन्दै उनले पछिल्लो समय नेपालमा यस्ता घटना दिनहुँ भैरहेको बताए । यसलाई रोक्न टोल विकास संस्थाको पनि भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।
पत्रकार महासंघकी पूर्व सदस्य तथा अधिवक्ता शुष्मा पौडेल, विश्व हिन्दू महासंघ पोखरा नगर महिला कमिटी अध्यक्ष पार्वती पौडेल, नागवेली टोल विकास संस्थाकी अध्यक्ष शारदा गिरी, जाल्पादेवी महिला उद्धार संस्थाकी अध्यक्ष कान्ती अधिकारी लगायत बोलेका थिए ।
कार्यक्रमकै अवसरमा कार्यसमिति सदस्य लक्ष्मी कार्की, आजीवन सदस्य जूनु बस्याल, स्वरुप थापा लगायतलाई संस्थामा योगदान दिएको भन्दै सम्मान गरिएको थियो ।
संस्थाकी अध्यक्ष मेनुका बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मंगली बास्तोला र स्वागत उपाध्यक्ष दुंर्गादेवी बास्तोलाले गरेकी थिइन् । संस्थाको वाषिर्क प्रगति प्रतिबेदन र आर्थिक प्रतिवेदन समेत साधारण सभाबाट पारित गरिएको छ ।
Related News
सम्बन्धित समाचार
चिल्ड्रेन नेपालको उद्घोषणकला तालिम
इमानदारितापूर्वक काम गर्न पौडेलको आग्रह
धनराज पोखराको १६ औं मेयर
आर्वाविजय माविको सुविधायुक्त भवन
चुनावको जात्रा, मकैको व्यापार
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
जेठ ११, २०७९‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
जेठ ११, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९