गंगामायाको आमरण अनशन

आदर्श समाज सम्वाददाता
माघ १७, २०७४

काठमाडौं, १६ माघ । शहीद दिवसकै दिन गंगामाया अधिकारीले पुनः आमरण अनशन शुरु गरेकी छन् । छोराको हत्यारालाई कारबाही गर्नुपर्ने मागसहित १३ वर्षदेखि सत्याग्रहमा होमिएकी गोरखा फुजेलकी ६१ वर्षे अधिकारी भन्छिन्-‘जबसम्म मलाई न्याय दिइँदैन, तबसम्म मेरो प्राणै जाओस् बरु अनशन तोडदिनँ ।’

अघिल्ला सत्याग्रहमा उनका साथमा पति नन्दप्रसाद हमेसा हुने गर्थे। मुखमा अन्नपानी नपरेको ३ सय ६० दिनपछि वीर अस्पतालमै २०७१ असोज ६ गते उनको निधन भएको थियो।

‘मलाई पनि उहाँसँगै मर्न दिएको भए हुन्थ्यो तर जबरजस्ती नै खुवाइयो’-गंगामाया भन्छिन्-‘धेरैले मलाई न्याय पाइन्छ, धैर्य गर्नुस् भनेर सान्त्वना दिइरहे, तर अब मैले हार खाइसकेँ, न्याय पाइने छाँट देखिन, त्यसैले अब अन्तिम उपायको प्रयोग गर्दैछु।’

अपहरणमा परी २०६१ जेठ २४ मा हत्या गरिएका आफ्ना १७ वर्षे छोरा कृष्णप्रसादका हत्यारालाई कारबाही हुनुपर्ने माग गर्दै आमरण अनशनमा बसेका बेला बितेका नन्दप्रसादको लाश अझै पनि शिक्षण अस्पतालमा राखिएको छ।

आफ्नो जेठो छोरा नुरप्रसाद अधिकारी पनि ४ वर्षदेखि बेपत्ता भएकाले परिवारमै एक्लो हुनु परेको पीडाले गंगामायालाई बरोबर रुवाइरहन्छ।

‘मेरो निकै सुन्दर र सानो परिवार थियो, आफ्नै घरजग्गा र खेतिवारी थियो’ छोराको हत्या अघि कहिल्यै काठमाडौं समेत नआएकी गोरखा फुजेलकी गंगामाया भन्छिन्-‘तर अपराधीहरुले यो खुसी देख्न सकेनन्, छोरा मारियो, न्याय माग्दा बुढा मरे, भएको अर्को छोरो मरेरबाँचेको पत्तो छैन, म अब कसको मुख हेरेर बाँचौं ।’

Related News

सम्बन्धित समाचार

  • स्पोर्टस् अवार्डलाई लगातार सहयोग

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणलाई पनि पोखरा रामबजारको पुन परिवारले साथ दिएको छ । सेनानी हेमबहादुर पुनको स्मृतिमा…
  • डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । प्रविधि मैत्री शिक्षक समाज नेपाल गण्डकी प्रदेशले डिजीटल पेडागोजीसम्बन्धी कार्यशाला गरेको छ । शिक्षकका लागि प्रविधिमा पहुँचब पु¥याउन,…
  • दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । दीपशिखा पुस्तकालय र ट्याग परियोजनाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रिड नेपालअन्तर्गत टेक एज गल्र्स (ट्याग) ट्याग नेपाल…
  • संस्कार समाज नेपालद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । संस्कार समाज नेपालको पाँचौ वार्षिकोत्सव अवसरमा ३ जना व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरियो । पोखरामा आयोजित कार्यक्रममा समाजसेवी…
  • प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीलाई प्रभावशाली सञ्चार एवं सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारसम्बन्धी अभिमुखीकरण भएको छ । वडा प्रहरी…

hero news full width