पोखरा, १६ माघ । दलित भएकै कारण पोखरा १५ मा किरियापुत्री पूर्णबहादुर सुनारमाथि गत साता भएको दुंर्र्व्यबहारको घटना अझै सेलाएको छैन । प्रहरीसमक्ष दुर्व्यर्वहारमा संलग्नलाई कारबाही गर्न परेको उजुरी प्रहरीले लिन नमानेको पीडित पक्षको गुनासो छ ।
पीडितका अनुसार बाबुको किरियामा बसेका पोखरा १५ स्थित गैरीगाउँका सुनारलाई स्थानीय एक आमा समूहकी अध्यक्ष विष्णु गिरीले पानीटंकी दलित भएकै कारण छोइएको भन्दै अमानवीय दुर्व्यर्वहार गरेकी हुन् ।
गत माघ ४ मा बाबुको निधन भएपछि ६ र ७ गते क्रिया बसेका सुनारमाथि टोल सुधार समितिको भवनलाई हतियार बनाइ दलित भएकै कारण उक्त ठाउँमा क्रिया गर्न नदिन वडा कार्यालयमा उल्टै उजुरी परेको थियो । सुनारका अनुसार त्यसअघि पनि उक्त स्थानमा क्रियापुत्रीहरुले निसंकोच क्रियाकर्म गर्दैआएका थिए। आफूले उक्त ठाउँ सरसफाइ गरेको भए पनि नजिकै रहेको पानी टंकी छोइएको भन्दै गिरीले त्यस ठाउँ छाड्न चेतावनी दिएको पीडित पक्षको गुनासो छ । वडा कार्यालयमा फूलबारी आमा समूहको सार्वजनिक जमिनमा आमा समूहको भवन रहेको र फोहोर गरेको भन्दै निवेदन दिएको खुलेपछि त्यसलगत्तै पीडित पूर्णबहादुर र सन्तबहादुर विश्वकर्माले प्रहरीमा लिखित उजुरी दिएको बताइएको छ । त्यसपछि वडा अध्यक्ष प्रकाश पौडेल, दलित महिला सदस्य मन्दिरा परियार र स्थानीय शिव बानियाँ संलग्न टोलीको रोहवरमा गिरीले आफूले अञ्जानमा गल्ति गरेको स्वीकार्दै माफी मागेकी थिइन् । माफीमात्र मागेर नहुने आवश्यक भन्दै ज्रि्रका कास्कीमा परेको उजुरीमा प्रहरीले पीडित स्वयं नआई दर्ता नहुने भन्दै फर्काएको पीडितको गुनासो छ ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९