हेमजा, १६ माघ।पोखरा-२५, हेमजास्थित विष्णुपादुका माध्यमिक विद्यालयको आगामी भदौ ४ मा हुने स्वर्णमहोत्सव सर्न्दर्भमा मंगलबार सरोकारवालासँग छलफल गरेको छ।
विद्यालयले कार्य योजना बनाइ महोत्सव सम्पन्न गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम गरेको हो। उक्त भेलाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुंर्गादत्त पौडेलको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको छ। जसको उपाध्यक्षमा दानबहादुर थापा, टेकबहादुर थापा, कृष्णबहादुर थापा, शान्ति पौडेल, प्रेमबहादुर थापा, झविलाल सापकोटा, भद्रकुमार श्रेष्ठ, रामचन्द्र पराजुली र शिवकुमार श्रेष्ठ रहेका छन।
उक्त भेलाले मूल समितिको महासचिवमा प्रधानाध्यापक बुद्घप्रिसाद बास्तोला, सचिवमा मोतिराज तिम्सिना, सहसचिवमा शिक्षक प्रकाश त्रिपाठी, कोषाध्यक्षमा भरतबहादुर थापा, सहकोषाध्यक्षमा कृष्णबहादुर खडका तथा वडास्थित आमा समूहका अध्यक्ष, टोल सुधार समितिका अध्यक्ष, क्लब, वित्तिय संघसंस्था, एवं वन उपभोक्ता समितिका अध्यक्ष पदेनसदस्य रहने व्यवस्था पनि गरेको छ।
यसैगरी, भेलाले नित्यानन्द त्रिपाठीको संयोजकत्वमा अभिलेख खोजबिन समिति, कृष्णप्रसाद पौडेलको संयोजकत्वमा स्मारिका प्रकाशन समिति पनि चयन गरेको छ।
कार्यक्रममा स्थानीय तीर्थ थापा, सीताराम थापा, दानबहादुर थापा, गोपाल गिरी, वडासदस्य जीतबहादुर कार्की, खगेन्द्र थापा, गंगबहादुर कार्की, क्या. ज्ञानबहादुर थापा, गौरीशंकर माविका प्रधानाध्यापक अम्वरबहादुर कुँवर, वडासदस्य दलबहादुर कुँवर तथा वडासचिव इश्वरीप्रसाद बास्तोलाले आ आफ्ना धारणा राखेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुंर्गादत्त पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रधानाध्यापक बुद्घप्रिसाद बास्तोलाले स्वागत तथा शिक्षक प्रकाश त्रिपाठीले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९