पोखरा, १५ माघ । यतिबेला सरकारको ध्यान प्रदेश सरकार गठन र उनीहरुको व्यवस्थापनमा केन्द्रित छ । सबै प्रदेशका अस्थायी केन्द्रमा नयाँ संरचना अनुसारको सरकार भित्र्याउने चटारो उत्तिकै छ । मन्त्रालय (मिनी सिंहदरबार) र मन्त्रीका निवास सिंगारपटारमा कर्मचारीको पूरै बल परिचालित छ ।
पोखरा सबैले निर्विकल्प राजधानी मान्छन् । त्यसकै आडमा सरकारले यहाँका संरचना बढी स्थायी खालको बनाउँदैछ । सकेसम्म लामो समय फेरवदल नहुने गरी मन्त्रालय र क्वार्टर निर्माणको काम चलिरहेको श्रोत बताउँछ । ‘प्रदेश ४ को राजधानी पोखराबाट यताउति हुने सम्भावना कम छ । त्यसैले यहाँका संरचना बढी स्थायी खालको बनाउन लागिएको हो’-श्रोत भन्छ-ढिलै भएपनि मर्मत र आवश्यकता परे नयाँ निर्माणमा पनि कञ्जुस्याइँ हुँदैन ।’ सीप विकासको बन्दै गरेको भवन मुख्यमन्त्रीको कार्यालय हुनेवाला छ । ‘भवनको ठेक्का चैतमा सकिने हो । तर केही कोठाहरु हप्ता १० दिनमै सक्न भनेका छौं’- भवन डिभिजन कार्यालय पोखराका प्रमुख तथा प्रादेशिक संरचना प्रश्ताव समितिका सदस्य किशोरलाल महाजुले भने-‘मुख्यमन्त्री नियुक्त हुनेबेला सम्म काम सकिन्छ होला । नसकिए मुख्यमन्त्रीलाई केही समय जिल्ला समन्वय समितिमा भित्र्याउने योजना छ ।’ थप ठेकेदार समेत परिचालन गरेर धमाधम काम भैरहेकाले मुख्यमन्त्रीको नियुक्ति अघि नै केही कोठा तयार भैसक्ने उनले बताए ।
उता, मुख्यमन्त्रीको निवासका लागि पोखरा लेखनाथ महानगरपालिकाको आवासगृह मर्मत भैरहेको छ । फेवाताल किनारमा रहेको यो भवन सुरक्षाका दृष्टिले बलियो छ । मर्मतको हतारोले टेण्डर समेत ननिकाली काम भैरहेको महाजुले जानकारी दिए । उनका अनुसार सरकारले साढे ७ करोड मर्मतका लागि बजेट निकासा गरेको छ । ‘खर्चको सिलिङ निस्किएको छैन । इमरजेन्सी काम लगाएर बिल जम्मा गरिरहेका छौं’-उनी भन्छन्-‘सकेसम्म न्यूनतम बजेटमा काम सक्ने निर्देशन छ । निकासा भएको बजेटभित्रै मर्मत सक्ने कोशिस गरिरहेका छौं ।’ यसअघि २८ करोड रुपैयाँ खर्च अनुमान सहित सिफारिस समितिले बजेट मागेको थियो । सरकारले भने एकमुष्ठ १ अर्ब बजेट निकासा गरेर भाग लगाएको हो । प्रदेश ४ मा ५ वटा मन्त्रालय बनाउने निर्देशन पाएको सहायक क्षेत्रीय प्रशासक बाबुराम गौतम बताउँछन् । ‘२ वटा मन्त्रालय सीप विकास भवनभित्रै अटाउछ । एउटा शहरी विकासकै भवनमा राख्ने तयारी छ’-उनले भने-‘बाँकी मन्त्रालय सहकारी डिभिजन, क्षेत्रीय शिक्षा र हुलाक कार्यालयमा राख्ने योजना छ ।’ क्लष्टर मिलाउनका लागि एकैतिरका कार्यालयमा मन्त्रालय राख्न लागिएको उनले बताए । सीप विकासको भवनमा मुख्यमन्त्रीसहित गृह र अर्थ मन्त्रालय राख्ने बुझिएको छ । समितिले कार्यालय सिफारिस गरे पनि कुन ठाउँमा कुन मन्त्रालय राख्ने भन्ने अझै टुंगिएको छैन । यो प्रदेशको प्रदेशसभा नदीपुरस्थित नगर प्रशिक्षण केन्द्रमा राखिनेछ । सांसदहरुको शपथ समेत सोही भवनबाट गराइएको थियो । संरचना सिफारिस समितिको प्रस्ताव अनुसार नै अधिकांश कार्यालयहरु छनौट भएका छन् । सभामुखको आवास चाहीँ पर्यटन कार्यालय एयरपोर्टमा र मन्त्रीहरुको आवास सिञ्चाईंका क्वार्टरमा रहनेछन् । सातादिन भित्रै मर्मत सक्नेगरी सबै भवनहरुमा यतिबेला धमाधम काम चलिरहेको छ । संघीय प्रशासनिक पुनःसंरचना समितिले विभिन्न ७ मन्त्रालय रहनेगरी सरकारलाई प्रश्ताव गरेको थियो । प्रस्तावका आधारमा प्रदेशमा प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालय, प्रदेश गृह मन्त्रालय, प्रदेश अर्थ मन्त्रालय, प्रदेश पूर्वाधार विकास मन्त्रालय, प्रदेश कृषि तथा भूमि व्यवस्थापन मन्त्रालय, प्रदेश वन, विज्ञान तथा वातावरण मन्त्रालय र प्रदेश शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय रहनेछ । यद्यपि कम सांसद भएका प्रदेशमा मन्त्रालयको संख्या पनि प्रतिशतका आधारमा अझै खुम्च्याउन लागिएको छ । पूरा सांसदको १० प्रतिशत मात्रै मन्त्रालय बनाउने बिषयमा पछिल्लो छलफल चलेको छ । यसअघि २० प्रतिशतसम्म मन्त्रालय राख्ने खाका बनेको थियो । ‘१० र २० प्रतिशतको विषय टुंगिसकेको छैन । १० प्रतिशत बनाउन धेरैको सहमति जुटेको सुनेको छुु-प्रदेश प्रमुख बाबुराम कुँवर भन्छन्-‘दीर्घकालका लागि आर्थिक चुनौती भएकाले सकेसम्म सानो आकारको मन्त्रिमण्डल बनाउँदा संघीयता कार्यान्वयन बढी सहज हुन्छ ।’ सरकारले खाका दिए पनि प्रदेशसभाको निर्णयले आवश्यक्ता अनुसार मन्त्रिमण्डल थपघट हुन सक्छ । प्रदेश ४ को पहिलो बैठक माघ २२ मा बोलाइएको छ ।
निर्वाचनको नतिजा सार्वजनिक भएको ३० दिनभित्रै पहिलो बैठक बोलाउनुपर्ने संवैधानिक व्यवस्था भएकाले प्रदेश प्रमुख कुवँरले २२ गतेका लागि बैठक आहृवान गरेका हुन् । पोखरा नगर विकास प्रशिक्षण केन्द्रमा बिहान ११ बजेलाई बैठक डाँकिएको प्रदेश प्रमुख कार्यालयका सहसचिव देवीप्रसाद ज्ञवालीले जानकारी दिए । प्रदेशसभा सचिवालयका लागि सरकारले खटाएका कर्मचारीहरु अहिलेसम्म पोखरा आइपुगेका छैनन् । त्यसो त शपथ गराएर काठमाडौं लागेका प्रदेश प्रमुख पनि उतैतिर व्यस्त छन् । २० गतेमात्रै उनी पोखरा आउने कार्यक्रम छ । कर्मचारी चाहीँ मंगलबार पोखरा आइसक्ने बुझिएको छ ।
Related News
सम्बन्धित समाचार
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
एनटिभिएको शुभकामना आदानप्रदान
पोखरा १३ मा निशुल्क तालिम
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१