काठमाडौं, १५ माघ । निर्वाचनबाट ताजा जनमत आएसँगै कामचलाउ हैसियतमा रहेको सरकारले राष्ट्रिय महत्वका निर्णय गर्ने क्रम भने जारी नै छ ।
यसैक्रममा सोमबारको मन्त्रिपरिषद् बैठकले पनि सरकारी संस्थान खारेज गर्नेदेखि लिएर, शहीद घोषणा र अनलाइन निर्देशिका स्वीकृतसम्मका निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषिद् बैठकले नेसनल टे्रडिङ लिमिटेड खारेज गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले घाटा चुलिँदै गएर सञ्चालन हुन नसक्ने देखिएको भन्दै नेसनल ट्रेडिङ लिमिटेडलाई खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचारमन्त्री मोहनबहादुर बस्नेतले बताए ।
त्यसैगरी, नेपाल यातायात व्यवसायी महासंघको विधानमा चौथो संशोधन गर्ने निर्णय पनि भएको छ । यसले संघीय संरचनामा जान सहज हुने निष्कर्ष सरकारले निकालेको छ ।
अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिकाको दोश्रो संशोधन स्वीकृत गरिएको सञ्चारमन्त्री मोहन बस्नेतले जानकारी दिए ।
यसैगरी, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना रानीजमरा कुलरीया सिंचाइ आयोजना, निलगिरी जलविद्युत् आयोजना, शिवम् सिमेण्ट उद्योग र ढाडखोला जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोग गर्न दिने निर्णय बैठकले गरेको छ ।
बैठकले संघीय संरचनामा संघ, प्रदेश र स्थानीय निकायका जनप्रतिनिधि र प्रदेश प्रमुखको मुख्यमन्त्री लगायत सबैको मर्यादाक्रम निर्धारण पनि गरेको मन्त्री बस्नेतले जनकारी दिए ।
त्यसैगरी, सरकारले तत्कालीन सशस्त्र द्वन्द्वमा माओवादीद्वारा मारिएका स्याङ्जाका देवानसिंह राना, देवबहादुर खवास, विष्णुबहादुर चन्द, मिनबहादुर बानिया क्षेत्री, नेत्रनारायण भण्डारी र रणबहादुर गुरुङलाई शहीद घोषणा गरेको छ । २०५८ देखि ६० सालसम्म मारिएकालाई समावेश गरिएको सञ्चारमन्त्री बस्नेतले जानकारी दिए ।
यता, सरकार निर्माणको तयारीमा रहेको बाम गठबन्धनका घटक नेकपा एमाले र माओवादी केन्द्रले भने वर्तमान कामचलाउ सरकारले निरन्तर रुपमा राष्ट्रिय महत्वका र दीर्घकालीन नीतिलाई प्रभावित पार्ने निर्णय गरेको भन्दै आपत्ति जनाउँदै आएका छन् ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९