हेमजा, १५ माघ। ज्येष्ठ नागरिक बहुउद्देश्यीय भवन निर्माण गर्ने मूल उद्देश्यका साथ माछापुच्छे्र गाउँपालिका-४, लाहाचोकमा शिवरात्री मेला हुने भएको छ।
‘पहिचान माछापुच्छे्र गाउँपालिकाको, जगेर्ना धर्म, संस्कृति र पर्यटनको’ भन्ने मूल नाराका साथ बानेटाकुर धार्मिक क्षेत्र संरक्षण समितिले माघ २२ देखि फागुन २ गतेसम्म मेला गर्ने भएको हो। आयोजकले सोमबार मेलास्थलमै पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको छ।
ज्येष्ठ नागरिक बहुउद्देश्यीय भवन निर्माण गर्ने, सांस्कृतिक तथा धार्मिकस्थल जगेर्ना गर्ने, सांस्कृतिक र धार्मिक पर्यटनको विकास साथै व्यावसायिकता पछ्याउने, बाटोघाटो र सार्वजनिक सम्पत्तिको संरक्षण एवं सरसफाइमा केन्द्रित हुने तथा वातावरणीय एवं पर्यावरणीय शुद्घताका लागि जनचेतना प्लाष्टिक प्रगोगमा कमी ल्याई प्लाष्टिकजन्य फोहर व्यवस्थापन गर्ने उद्देश्यका साथ मेला गर्न लागिएको मेलाका संयोजक पानबहादुर जिसीले जानकारी दिए। मेलामा खुला भलिबल, गाउँपालिकास्तरीय नौमती बाजा, भजन चुड्का, रत्यौली, लोकदोहोरी, लोपोन्मुख भदौरे भाखा -हुरी गीत), नौमति बाजामा नृत्य लगायत प्रतियोगिता हुने छ । यस्तै, हास्य तथा विभिन्न कलाकारका प्रस्तुति समेत हुने कार्यक्रममा विविध सांस्कृतिक तथा पुरातात्विक स्थल अवलोकन गराइने आयोजकले जनाएको छ। गाउँपालिकाका प्राकृतिक एवं धार्मिकस्थल हेलिकोप्टरमार्फत दृश्यावलोकन, सामूहिक ब्रतबन्ध, लाखबत्ती र ठाडोबत्ती बाल्ने व्यवस्था साथै पाती खोला गुफा तथा २२ धाराको अवलोकन गराइने छ।उक्त मेलाको प्रायोजक सन्तती नाथु प्रल्हादको परिवार (देवानसिंह), सहप्रायोजकमा दावाङछु/ नन्दा शेर्पाको परिवार र तुलप्रसाद भण्डारीको परिवार, उपप्रायोजकमा मर्दीखोला कृष सुनचाँदी पसल, भूपेन्द्र/शान्ता कुँवरको परिवार, अर्जुन/मनोज शाही, डा अब्दुल रहमन वानो मुर्म्बई, लाहाचोक (माछापुच्छे्र) काठमाडौं समाज, लाहाचोक कोरिया सर्म्पर्क समाज र मीनराज गुरुङ (राजु) स्मृति कप अन्तरवडास्तरीय भलिबल प्रतियोगिताको प्रायोजक क्या बजिरमान गुरुङको परिवारले गरेका छन्।
मेलाको ७० हजार दर्शकले अवलोकन गर्ने आयोजकको विश्वास छ। पोखरा हरिचोकबाट उक्त मेलास्थल पुग्न बस व्यवस्था गरिएको छ। तयारीका लागि विभिन्न २६ उपसमिति पनि गठन भइसकेको छ। धार्मिक क्षेत्र संरक्षण समितिका संयोजक केशवराज अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिवालय व्यवस्थापन उपसमितिका संयोजक चेतराम अधिकारीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखरा वडा १२ मा पाठेघर र स्तन क्यान्सर परीक्षण
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
hero news full width
मुख्य समाचार
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९