पोखरा १५, माघ। स्याङ्जाको बिरुवा-८, मेथाभुरुङ्स्थिगत भुरुङ्चौरगकी माध्यमिक विद्यालयमा सञ्चालित ज्ञान महायज्ञ झण्डै दुर्इ करोड दान संकलन गर्दै सोमवार समापन भएको छ।
समापन समारोहका प्रमुख अतिथि स्याङ्जा क्षेत्र नं. १ प्रदेश सभा ख का सांसद मीनप्रसाद गुरुङले अवसर पटक पटक नआउने भएकाले आएको अवसरलाई सबैले यथासक्य सहयोग गरेर सदुपयोग गर्न आग्रह गरे।
महायज्ञमा सोमवारसम्म एक करोड ८८ लाख संकलन भएको सचिव तथा प्रेस संयोजक शिव वाग्लेले जानकारी दिएका छन्।
सोमवारसम्म महायज्ञमा दान गर्ने दानदातामा विरुवा ८ सानोमचाबारीका तेजबहादुर खत्रीबाट ३ लाख, एक हजार, एक सय ११ दान गरेका छन्। यस्तै, विरुवा ८ आर्रुखर्कका बुद्धि बहादुर के.सी. राजुले १ लाख ५७ हजार ७ सय ५५, विरुवा ८ मेथाभुरुङका शेरबहादुर गुरुङबाट १ लाख ५१ हजार एक सय ११, विरुवा ८ नयाँबारीका तेजबहादुर गुरुङले १ लाख १५ हजार, ५ सय १५, शिवपार्वती आमा समूह विरुवा ८ आर्रुखर्कबाट एक लाख ११ हजार दुर्इ सय २२, विरुवा ८ आर्रुखर्कका नीमबहादुर गुरुङबाट १ लाख, ११ हजार १ सय ११ दान संकलन भएको छ।
यसैगरी, दान गर्ने दानदातामा विरुवा ८ आर्रुखर्कका शिवराज वाग्लेबाट ५५ हजार पाँच सय ५७ दान रकम प्राप्त भएको छ। यस्तै, विरुवा १ कार्कीडाँडाका रामकाजी कार्की, विरुवा-१ विरुवा बजारका हिमाल के सी, विरुवा ७ सपाउँदेका नर ब गुरुङ, विरुवा ८ आर्रुखर्कका चेत ब. गुरुङ, सागर गुरुङ, रेशम गुरुङ, रनबहादुर गुरुङले क्रमशः ५५ हजार पाँच सय ५५ दान गरेका छन्।
यस्तै, विरुवा ८ आर्रुखर्कका शिवराज वाग्लेबाट ५५ हजार पाँच सय ५७, विरुवा-८, आर्रुखर्क निवासी तिल कु. गुरुङबाट ५५ हजार एक सय दान गरेका छन्। यसैगरी, विरुवा-८, कुुसुन्देकी मिठू केसीले ५५ हजार, भिमाद नगरपालिका-३, भुरुङडाँडाका कमल अर्यालले ५१ हजार एक सय ५५, विरुवा ८ मेथाभुरुङका टाप ब. केसी ले ५१ हजार एक सय ५५, विरुवा ८ ललाङ्का काजी परियारले ५१ हजार एक सय ५१ दान गरेका छन्।
यस्तै, विरुवा ८ कुसुन्देका गुप्त बहादुर के.सीले ५१ हजार एक सय ५१, विरुवा ८ कुसुन्देका निर ब केसी, विरुवा ७ सपाउँदेका खिम राज गुरुङ, माया देवी र देवराज गुरुङ, विरुवा ८ गैरीस्वँराका खड्कबहादुर खाँण, विरुवा १ विरुवा बजारका तेजेन्द्र सुनारद्वारा क्रमशः ५१ हजार एक सय ११ दान गरेका छन्।
यसैगरी, सपाउँदे ७ विरुवाका लिल ब. गुरुङ र विरुवा ७ सपाउँदे निवासी मेखराज गुरुङले क्रमशः ५० हजार एक सय ५५, हिमश्रृखला आमा समूह विरुवा ८ गैरीस्वाँराबाट ५० हजार पाँच सय ५५ र विरुवा ७ का वडा अध्यक्ष खड्कबहादुर गुरुङबाट ५० हजार दान प्राप्त भएको आयोजक समितिले जनाएको छ।
शैक्षिक सत्र २०७५ बाट कक्षा ११ मा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले सञ्चालित महायज्ञमा प्रमुख वाचकमा वाचनप्रविण पण्डित दीनबन्धु पोखरेल र सह-वाचक १०१ प्राविधिक शिक्षालयका संकल्पकर्ता ध्रुवशरण बस्याल रहेका थिए।
Related News
सम्बन्धित समाचार
६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो
स्थानीय तह निर्वाचन : कुन दलका कति जनप्रतिनिधि ?
आज गणतन्त्र दिवस
बलात्कार मुद्दाको हदम्याद हटाउने प्रधानमन्त्रीको आश्वासन
प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
hero news full width
मुख्य समाचार
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
जेठ १४, २०७९पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
जेठ १३, २०७९पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
जेठ १२, २०७९यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
जेठ १२, २०७९काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
जेठ १२, २०७९