पोखरा, १४ माघ । नयाँ शक्ति विद्यार्थी युनियनले पृथ्वीनारायण क्याम्पसको पारदर्शिता माग गर्दै आमरण अनशन थालेको छ।
क्याम्पसमा व्यापक अनियमितता भएको गुनासो सहित तत्काल छानबिन माग गर्दै आइतबारदेखि नयाँ शक्तिका दुर्इ विद्यार्थी अनशनमा छन्। विज्ञान संकाय तेश्रो वर्षका विद्यार्थी नरेन्द्र बसेल र कानुन संकाय चौथो वर्षका विद्यार्थी कृष्ण अधिकारीले अनशन थालेका हुन्। उनीहरुले क्याम्पसको स्वर्णजयन्ती स्मृति भवनमा भएको अनियमितता छानबिन गरी दोषीउपर कायरबाही माग गरेका छन् ।
यस्तै, अहिलेसम्मकै वाषिर्क आम्दानी खर्च सार्वजनिक सुनुवाइ मार्फत सार्वजनिक गर्न आहृवान समेत गरेका छन्। क्याम्पसमा भैरहेको राजनीतिक भागबन्डा अन्त्य गरी क्षमताका आधारमा पारदर्शी ढंगले नियुक्ती दिने व्यवस्था गर्न उनीहरुको माग छ। क्याम्पसको नियमित कामकाज डिजिटल बनाउनुपर्ने र एउटै क्याम्पसमा दुर्इ शिक्षा प्रणाली अन्त्य गरी समान शिक्षाको व्यवस्था तय गर्न उनीहरुले सुझाव दिए।
माग पूरा नभएसम्म अनशन अन्त्य नहुने विद्यार्थीले बताएका छन्। ‘हाम्रो माग सुनुवाइ नभएसम्म अनशन रोकिँदैन’-विद्यार्थी कृष्ण अधिकारीले भने-‘माग गम्भीरता पूर्वक लिइयोस् र जतिसक्दो छिटो माग पूरा गरियोस्।’ उनीहरुले मागप्रति बेवास्ता गरिए क्याम्पस प्रमुखलाई कार्यकक्षमै थुनिदिने चेतावनी पनि दिएका छन्। नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रिय महासचिव नेत्र चापागाईंले क्याम्पस सुधारका माग सबैको साझा एजेन्डा भएकाले ऐक्यबद्धता जनाउन अन्य विद्यार्थी संगठनलाई आग्रह गरेका छन्।
Related News
सम्बन्धित समाचार
तीजगीत प्रतियोगिता हुने
टान अध्यक्षमा नीलहरि बास्तोला
ओटेफको स्थापना दिवसमा भोजन
इन्द्रराज्यलक्ष्मी माविको ६९ औं वार्षिकोत्सव
फुटपाथका सामग्री हटाउन माइकि
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९