पोखरा, १४ माघ । नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदूर युनियन (क्युपेक), कास्कीले निर्माणका खटिने मजदूरलाई स्थानीय तहमा पञ्जिकरण गर्न माग गरेको छ ।
क्युपेक कास्कीका अध्यक्ष पुण्यप्रसाद उप्रेतीले आइतबार पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई ज्ञापनपत्र बुझाउँदै निर्माण मजदूरलाई स्थानीय तहमा दर्ता गरी परिचयपत्र उपलव्ध गराउन माग गरे।
क्युपेक कास्कीले भवन निर्माणको नक्सा पास गर्दा नै निर्माण मजदूरको अनिवार्य दुर्घटना बिमा गर्ने व्यवस्था मिलाउन माग गरेको हो ।
साथै उसले निर्माणको क्रममा मजदूर अंगभंग भएमा बाँच्न पुग्ने गरी रकमको व्यवस्था तथा मृत्यु भएमा उचित क्षतिपूर्र्ति दिने व्यवस्था मिलाउन समेत माग गरेको छ । ज्ञापनपत्रमा निर्माण मजदूरलाई काम गरेको अनुभवका आधारमा दक्षताको प्रमाणपत्र स्थानीय तहबाट दिने व्यवस्था तथा स्थानीय तहबाट निर्माण मजदूरलाई कार्यदक्षता अभिवृद्धिको लागि डकर्मी, विद्युतकर्मी, प्लम्बरसम्बन्धी तालिमको माग समेत गरिएको छ ।
भवन निर्माणको काम गर्ने र गराउनेबीच अनिवार्य लिखित सम्झौता र सुरक्षा सामग्री घरधनीले नै दिनुपर्ने क्युपेक नेपालको माग छ ।
त्यस्तै, निर्माण क्षेत्रमा भएको असमान ज्याला दिने विभेद अन्त्य गरी समान कामको समान ज्याला लागू गर्नुपर्ने, जिल्लाभित्रका भवन निर्माणका लागि निर्माणकर्ताले दक्ष निर्माणकर्मी छनौट गरेर मात्र नक्सा पासको व्यवस्था गर्नुपर्ने, जिल्लाभित्र हुने निर्माणका विभिन्न समस्या बारे स्थानीय तह र ट्रेड युनियनबीच छलफल गर्नको लागि श्रम डेक्सको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।
क्युपेकका जिल्ला अध्यक्ष उप्रेतीले आफूहरुले राखेको माग जिल्लाभित्रका स्थानीय तहले पूरा गर्न सक्ने हुँदा जिल्ला प्रशासन कास्की मार्फत् हजारौं निर्माण मजदूरको माग राखिएको बताए ।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९