लेखनाथ, १३ माघ। लेखनाथ महोत्सवको तेस्रो दिन शनिबार दर्शकको उल्लेख्य सहभागिताले महोत्सवस्थल खचाखच भयो। साँझसम्म दर्शक व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे परेको थियो।
सार्वजनकि बिदा परेकाले अभिभावक आफ्ना बालबच्चा च्यापेर महोत्सवस्थल प्रवेश गर्नेहरुको संख्या बाक्लो देखिन्थो भने विद्यार्थीदेखि कर्मचारीको उपस्थितिले गर्दा दर्शक संख्या सोचे भन्दा बढी भएको आयोजक लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी बताउँछन्।
महोत्सवस्थलमा छिरेका दर्शक आफूले रोजेका सामग्री सुपथ मूल्यमा पाएपछि किनमेलमा ब्यस्त देखिन्थे भने कोही बालउद्यान त कोही स्टेजका रमाइला कार्यक्रममा रमाएका थिए।
दर्शकको चापसगै व्यापारमा पनि उल्लेख्य कारोबार भएको आयोजकले जनाएको छ। शनिबारमात्र करिब १ करोडकाको कारोबार भई हालसम्म २ करोड बराबरको आर्थिका कारोबार भएको संघका महासचिव भरतकुमार अधिकारीले जानकारी दिएका छन्। शनिवार पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसी, उद्योग बाणिज्य महासंघ प्रदेश नं ४ का अध्यक्ष सञ्जीवबहादुर कोइरालाको उपस्थितिले आयोजकलाई थप प्रेरणा मिलेको संघका वरिष्ठ उपाध्यक्ष बलराम ढकालले बताए।
शनिबार हास्यतर्फ जिरे खुसानी युनिट, पप लाइभ कर्न्र्सटमा डिमोर्चा, दोहोरीमा प्रजापति पराजुली, भूमिका गिरी, आयुसा थापा, नवीन पौडेल, शंकरविरही गुरुङ, देविराम पराजुली र साथमा पपगायक ओम गुरुङको प्रस्तुति रहेको स्टेज संयोजक नेत्रपाणि बास्तोलाले बताए।
महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको लेखनाथ महोत्सवको थप आकर्षणका रुपमा रहेको रत्यौली गीत प्रतियोगितामा शनिबार सक्रिय दलित महिला, उन्नतशील महिला, रुपा सृजनशील र शान्तिप्रेमी आमा समूहको प्रस्तुति रहेको थियो।
विद्यालयस्तरीय नृत्य प्रतियोगितामा जनप्रकाश माविकी निरुवा विसी र गायनतपm गोगन माविका रञ्जिन विक फाइनल चरणमा प्रवेश गरेको कार्यक्रम संयोजक उपेन्द्रराज सुवेदी राजुले जानकारी दिए।
आइतबार पप लाइभ कर्न्र्सटमा निनाद ब्याण्ड, दोहोरीतर्फ चोलेन्द्र पौडेल, शिव हमाल, भरत क्षेत्री, राधिका हमाल, लक्ष्मी नेपाली, सविना गुरुङ र साथमा बसन्त सापकोटाको प्रस्तुति रहने छ। यस्तै, रत्यौलीगीत प्रतियोगिता, विद्यालयस्तरीय नृत्य तथा गायन प्रतियोगिता र एकल नृत्यको गण्डकी ताराका प्रतिष्पर्धीको प्रस्तुति रहने प्रचारप्रसार उपसमिति संयोजक गोपिचन्द्र बास्तोलाले जानकारी दिए।
महोत्सव माघ २२ सम्म लेखनाथको तालचोकमा सञ्चालन हुनेछ।
Related News
सम्बन्धित समाचार
सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना
लायन्स डेस्टिनेसनमा सन्तोष
वाद्यवादन सामग्री विरतण
६८ युनिट रगत संकलन
अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९