सम्भवतः एकै टीमका खेलाडीलाई यति धेरै कार्ड पहिलो पटक पोखरा रंगशालामा प्रयोग भएको छ। तनावपूर्ण खेलमा ८ पहेंलो कार्ड र २ रेड कार्ड प्रयोग भएको छ। श्रवण लामा चोटपछि १८ औं मिनेटमा बाहिरिएसँगै सो जिम्मेवारी लिएका रेफ्री सुदीशकुमार पाण्डेले बंगलादेशका ६ खेलाडीलाई पहेंलो कार्ड देखाउँदा यीमध्ये जनाले २ रातो कार्ड पाए भने सुदूरपश्चिमका २ खेलाडीले पहेंलो कार्ड व्यहोरे।
२-१ गोलले अग्रता लिएपछि सम्हालिनुपर्ने बंगलादेश उल्टै आक्रामक बन्यो। बल प्रहार गर्दा विपक्षीलाई लडाउने तथा तान्ने गरेपछि रेफ्री पाण्डेले ९० मिनेटको निर्धारित समय सकिएर थपिएको ५ मिनेटको पहिलो मिनेटमा बंगलादेशका काण्डे लानसानेलाई दोस्रो पहेंलो कार्ड दिँदै मैदान बाहिर पठाए।
काण्डेलाई रातो कार्ड दिएकोमा रिसाएका बंगलादेशी खेलाडी एकपछि अको गरी कार्ड पाए। गलत ट्याकल गरेपछि पहेंलो कार्ड ब्यहोरिसकेका सिल्ला सोन्लेमेनले अन्तिम इन्जुरी मिनेटमा रेफ्रीलाई अपशब्द बोलेपछि उनलाई सिधँै रातो कार्ड देखाइएको थियो। लगातार दुर्इ खेलाडीले लगातार रातो कार्ड पाएपछि बंगलादेशी खेलाडीले विरोध जनाउँदै खेल छाड्ने चेतावनी दिए भने बंगलादेशी अफिसियल विरोध जनाउँदै मैदान प्रवेश गर्ने प्रयास गरे। यो विवादले खेल नै रोकियो। विवादपछि इन्जुरी समयमा थपिएको ५ मिनेटको खेल धेरै बेर खेलाएकाले बंगलादेशी खेलाडीको आपत्ति रह्यो।
बंगलादेशका प्रशिक्षक महबुब आलम मनिकले खेल राम्रो भए पनि रेफ्रीले एकतर्फी खेल खेलाएको आरोप लगाए। केही बोल्नेवित्तिकै वा सामान्य ट्याकलमा पनि कार्ड दिएर खेलाडीलाई उत्तेजित बनाएको उनको आरोप थियो। टीम को-ओर्र्डिनेटर हसन महमदले खेल राम्रो भए पनि अन्तिममा रेफ्रीले गलत निर्णय गरेको आरोप लगाए। उनले खेलाडीले रेफ्रीलाई नराम्रो नगरेको तर रेफ्रीले गलत निर्णय गर्दा स्वभाविक रुपमा विरोध जनाएको दाबी गरे। पोखरामा पहिलो पटक आएको उक्त क्लबका पदाधिकारीले आफूहरुलाई चित्त नबुझेको गुनासो गरे। अब बंगलादेशी टीमका २ मुख्य खेलाडी माघ १७ मा हुने पहिलो सेमिफाइनलमा नेपाल पुलिस वा थ्रिस्टारको सामना गर्नेछ। उनीहरुबीच तेस्रो क्वाटर माघ १५ मा हुनेछ।
सुदूरपश्चिमका प्रशिक्षक सुरेश हमालले खेल राम्रो खेले पनि फिनिसिङ कमजोरीका कारण हार बेहोर्नुपरेको प्रतिक्रिया दिए। ‘पेनाल्टी गुमाउँदा नै नतिजा ठ्याक्कै उल्टियो नि’ भन्ने प्रश्नमा उनले पोखराकै भएका कारण धीरज गुरुङलाई दिएको, बुबाआमा नभएको उदीयमान युवाले आफ्नो होमग्राउण्डमा छाप छाडोस् भन्ने मौका दिए पनि सदुपयोग नहुँदा दुःख नलागेको उनको भनाइ थियो।
प्रतियोगिताअन्तर्गत आइतबार दोश्रो क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लब र धरान फुटवल क्लबबीच प्रतिष्पर्धा हुनेछ। धरानको यो १४ औं सहभागिता हो। उसले पहिलो खेलमा पाहुना टोली युनाइटेड सिक्किम एफसीलाई ३-० गोलले पराजित गरेको थियो। आर्मी भने सिधैँ बाइ पाएर पहिलो खेल खेल्दैछ। गत वर्ष आयोजक सहारा क्लबसँग सेमिफाइनलमा टाइब्रेकरमा हारेको आर्मीको यो ११ औं सहभागिता हो। १४ औं, सातौं र आठौं संस्करणमा गरी आर्मीले ३ पटक फाइनल पुगे पनि उपाधि विमुख छ।
Related News
सम्बन्धित समाचार
वडास्तरीय वडाध्यक्ष कप चापाकोट ४ लाई
जिएमसी स्पोर्टमा ११ कलेज सहभागी
आजदेखि बिटी कप
पोखरामा ९० हजार पुरस्कारको क्यारमबोर्ड प्रतियोगिता हुने
फेन्सिङमा गण्डकीलाई स्वर्ण
hero news full width
मुख्य समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९