पोखरा, १३ माघ। पोखरा १३ स्थित युवा टोल सुधार समिति कुँडहरको शनिबार सम्पन्न चौथो साधारणसभा तथा प्रथम अधिवेशनले आगामी ३ वर्षका लागि विकास श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
समिति उपाध्यक्षमा सावित्री कोइराला, सचिवमा सुरज भण्डारी, सहसचिवमा विवेक श्रेष्ठ, कोषाध्यक्षमा सन्तोष नेपाली छन्। सदस्यमा पूर्णकला र्घर्ती, राजेश विक, उत्तम श्रेष्ठ, सन्देश थापा, प्रतीक श्रेष्ठ, सुरेन्द्र सुनार, सोममाया श्रेष्ठ र मञ्जु रानाभाट छन्।
यसअघि, साधारणसभा उद्घाटन गर्दै वडाध्यक्ष दर्शन लामाले युवा टोल सुधार समिति कुँडहरले छोटो समयमा नै राम्रो काम गरेका कारण सवैको प्रशंसा पाएको उल्लेख गरे।
संस्थाका सल्लाहकार योगेन्द्रमान श्रेष्ठले समाज सुधारको अभियान चलाउने संस्थालाई साथ दिनु सबैको कर्तव्य भएको बताए।
त्यस अवसरमा सल्लाहकार किरणराज घिमिरे, राजेन्द्र भण्डारी, नवीन सिग्देल, पूर्व वडाध्यक्ष नारायण गुरुङ, वीपीमार्ग आमा समूह अध्यक्ष मीना श्रेष्ठ, सचिव सीता कोइरालाले बोलेका थिए।
साधारणसभाले सचिव सुरज भण्डारीले प्रस्तुत गरेको वाषिर्क र सदस्य शारदा भण्डारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ।
युवा टोल सुधार समिति कुँडहरका अध्यक्ष रामकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य शारदा भण्डारीले स्वागत र सचिव सुरज भण्डारीले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९हिमालय आँखा अस्पताललाई जापानको सहयोग
माघ २४, २०७९‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९