बाँदरमुढे घटनाका ३८ शहीद घोषित

आदर्श समाज सम्वाददाता
माघ १२, २०७४

काठमाडौं। सरकारले चितवनको बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई समेत शहीद घोषणा गरेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहीबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले २०६२ जेठ २३ गते दक्षिण चितवनको माडीस्थित बाँदरमुढे खोलामा यात्रुवाहक बसमा भएको बम विस्फोटमा परी मृत्यु हुनेलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सशस्त्र द्वन्द्वकालमा माओवादीबाटै मारिएका सिन्धुपाल्चोकका कृष्णप्रसाद सापकोटा, दिलबहादुर दनुवार, नेत्रबहादुर दंगाल, देवीजङ्ग पाण्डे, हिक्मतबहादुर भण्डारी, मित्रबहादुर दनुवार र छत्रबहादुर गिरी, सुनसरीका ब्रहृमदेव उराँव र छत्र खतवे तथा खोटाङका कालुमान गुरूङलाई शहीद घोषणा गर्ने निर्णय गरिएको छ । बैठकले प्रदेश १ को धरान, प्रदेश २ को वीरगंज, प्रदेश ३ को काठमाडौँ, चोभार, प्रदेश ४ को तनहुँ, दमौली, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को कञ्चनपुर, महेन्द्रनगरमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शन केन्द्र स्थापना गर्ने निर्णय भएको छ ।

Related News

सम्बन्धित समाचार

  • सातै प्रदेशमा लगानी सम्मेलन गर्दै उद्योग वाणिज्य महासंघ

    रासस असाेज १६, २०८०
    ढोरपाटन । नेपाल उद्योग वाणिज्य महासंघले हाल शिथिल जस्तो देखिएको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन तथा देशैभरि लगानीका सम्भावनालाई उजागर गर्न…
  • हिरासत कक्षमा पुस्तकालय स्थापना

    आदर्श समाज सम्वाददाता असाेज १६, २०८०
    बेनी । जल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको छ । सामाजिक र मानवीय सेवाको क्षेत्रमा क्रियाशील लायन्स…
  • डाक्टर कुट्ने वडाध्यक्ष रिहा

    आदर्श समाज सम्वाददाता असाेज १६, २०८०
    बेसीशहर । लमजुङ अस्पतालका चिकित्सकमाथि हातपात गर्ने वडाध्यक्ष धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत लमजुङले बेंशिसहर नगरपालिका ७ का…
  • सुदिप गौतमको स्मृतिमा शैक्षिक सामग्री वितरण

    आदर्श समाज सम्वाददाता असाेज १५, २०८०
    पोखरा । मर्दी हिमाल ट्रेक व्यवसाय तथा व्यवस्थापन समिति संस्थापक अध्यक्ष सुदिप गौतमको प्रथम स्मृति दिवसमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण…
  • गाउँपालिकालाई युवा संघको ५ बुँदे ध्यानाकर्षण

    आदर्श समाज सम्वाददाता असाेज १५, २०८०
    हेमजा । राष्ट्रिय युवा संघ नेपाल अन्नपूर्ण गाउँपालिका कमिटीले अन्नपूर्ण गाउँपालिका कार्यालयलाई ५ बुँदे ध्यानाकर्षण गराएको छ । कमिटी अध्यक्ष…

hero news full width