पोखरा, ११ माघ। फिर्के-बुलौंदी सफाइसँगै अघि बढेको पोखरा उपत्यका बृहत सफाइ अभियान ८७ औं हप्तादेखि सेतीघाट सफाइमा प्रवेश गर्ने भएको छ ।
आगामी शनिबारदेखि पोखरा-२५ स्थित सेती-मर्दीको दोभानघाटबाट उक्त अभियान शुरु गर्न लागिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।
सेतीनदी पवित्र हुँदाहुँदै सरोकारवाला निकाय र स्थानीय सरकारको अदूरदर्शिताका कारण मलमूत्रसमेतका दुर्गन्धित ढल प्रशोधन नै नगरी सोझै सेतीमा खसाल्ने गरेको पाइकोले सरसफाइको जनचेतनामूलक अभियानका रुपमा अबको सरसफाइ उक्त क्षेत्रमा गरिने अभियान संयोजक रामबहादुर पौडेलले जानकारी दिए । ‘हप्ताको एक घण्टा, राष्ट्रका लागि’ भन्ने मूलमन्त्रका साथ सरसफाइ अभियानलाई जनचेतनामूलक अभियानका रुपमा सञ्चालन गरिएको उनले बताए ।
अभियानअर्न्तर्गत हालसम्म करिब १ हजार २ सय ९५ टन फोहोर व्यवस्थापन गरिसकिएको जनाइएको छ । यस्तै, सफाइ अभियानमा हालसम्म करिब १ हजार ७ सय ८५ संघसंस्था र करिब १ लाख १२ हजार ८ सय जनाले सहभागिता जनाएको बताइएको छ।
अभियान शुरु भएपछि माटेपानी मनाङ्गी गुम्बा, कृस्तिको जन्ती किचेढुङ्गा, नदीपुरको नाराणस्थान मन्दिर परिसर, वडा ९ को अकलादेवी मन्दिर, फेवातालको जलकुम्भी झार सफाइ, वडा ३२ को राजाको चौतारा, भद्रकाली मन्दिर परिसर, महेन्द्रपुलमुनिको फोहरको थुप्रेा, माछापुच्छ्रे गाउँपालिकाअर्न्तर्गत रिभान जोड्ने नयाँपुलस्थित मर्दिखोलाको फोहोरसम्म व्यवस्थापन गरिएको छ ।
यस्तै, हर्पनखोलाको डम्पिङसाइट र अर्मलाको २ सय ९८ रोपनी बेवारिसे सार्वजनिक जग्गाको पहिचान र दर्ता रोक्का प्रक्रिया सफाइ अभियानको ऐतिहासिक उपलब्धि रहेको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ ।
सरसफाइ अभियानअर्न्तर्गत महेन्द्रपुलचोकदेखि अख्तियार कार्यालय नयाँबजारसम्म, राष्ट्रबैंकचोकदेखि फेवाताल किनारस्थित ड्यामसाइडपार्कसम्म र शान्तिनगरचोकदेखि बुँलौंदी खोलासम्मको क्षेत्रलाई पूर्ण सरसफाइ क्षेत्र घोषणा गरिकिएकोे छ।
अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, प्राविधिक सहयोग जुटाउने पोखरा महानगरपालिका, खानेपानी क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय, पहिलो श्रृंखलादेखि नै मुक्तिनाथ विकास बैंक, ५२ औं हप्तादेखि ओम डेभलपमेन्ट बैंक र ७८ औं हप्तादेखि एनआइसी एशिया बैंक लगायत विभिन्न संघसंस्थाले नियमित रुपमा प्रत्यक्ष सहयोग गर्दैआएका छन् ।
कार्यक्रममा अभियन्ता शशी तुलाचन, लोकदर्शन कोइराला, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायत बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा सामुदायिक थियटरको माग
प्रहरी कार्यालयको भवन शिलान्यास
अमरसिंहको ६७ औं वार्षिकोत्सव
सेनाले गर्यो बम डिस्पोज
तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९