पोखरा, ११ माघ । सच्चाईको सत्संग, लामाचौरले स्याङ्जाको दुर्इ विद्यालयलाई पोसाक र स्टेशनरी सामाग्री हस्तान्तरण गरेको गरेको छ।
पुतलीबजार नगरपालिकामा रहेको चण्डीकालिका बहिरा आधारभूत विद्यालयका २३ जना र कालाभैरव मावि खड्केटारीका ९ जना विद्यार्थीसहित आया र शिक्षक शिक्षिकालाई गरी करीब १ लाख बराबरको पोसाक, स्टेशनरी सहित विभिन्न जिन्सी सामाग्री हस्तान्तरण गरेको हो।
सच्चाई सत्संग लामाचौरका व्यवस्थापक सञ्जय लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य अमीर बक्स मियाँ, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा, स्याङ्जा अपाङ्ग संघका अध्यक्ष युवराज पराजुलीले सत्संगले गरेको कार्यको प्रशंसा गरे।
सच्चाई सत्संगका सचिव सृजना कार्की, सच्चाई सत्संग लामाचौरका सदस्य लक्ष्मी नेपालीले आगामी दिनमा पनि विद्यालयलाई आवश्यक सहयोग गर्न सत्संग तयार रहेको बताए। सभापति चण्डीकालिका बहिरा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरामति शाहीको अधयक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षिका सावित्री शर्माले गरेकी थिइन्।
सत्संगले प्रत्येक महिना ५ बोरा चामल चण्डीकालिका बहिरा आधारभूत विद्यालय र ३ बोरा चामल कालाभैरव माविलाई सहयोग गर्ने व्यवस्थापक सञ्जय लामाले जानकारी दिए। सच्चाईको सत्संगले आगामी दिनमा पनि यस्ताखाले सहयोगलाई निरन्तरता दिने व्यवस्थापक लामाले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
माघ २३, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९