स्थानीय तहलाई ३० नमूना कानून

आदर्श समाज सम्वाददाता
माघ १०, २०७४

काठमाडौँ, ९ माघ  : संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनका लागि सघाउ पुर्‍याउने उद्देश्यले ३० वटा नमूना कानून तयार पारेको छ।

देशभरिका ७५३ स्थानीय तह सञ्चालनका लागि ३० नमूना कानून तयार पारिएको मन्त्रालयका संघीय मामिला महाशाखाका उपसचिव छवि रिजालले जानकारी दिए। उनले तत्काल स्थानीय तह सञ्चालनका लागि नमूना कानून बनाइएको हो भने।

संविधानको अनुसूची-८ बमोजिम स्थानीय तहका २२ वटा कामका आधारमा स्थानीय तहको कार्य सञ्चालनमा सघाउ पुग्ने उद्देश्यले ‘स्थानीय तहको विनियोजन ऐन’, ‘स्थानीय तहको आर्थिक ऐन’, ‘महानगर/ उपमहानगर/ नगर/ गाउँपालिका कार्यपालिका कार्यविभाजन नियमावली’, ‘गाउँ/नगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेका कानून’, ‘स्थानीय तहको सरकारी ऐन, आर्थिक व्यवस्थापन तथा सम्पत्ति हस्तान्तरणसम्बन्धी कानून’, ‘स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिर्ग्दर्शन’ जस्ता नमूना कानून बनाइएका हुन्।

“हामीले नमूना कानून बनाएर दिएको र स्थानीय तहले तिनै कानूनका आधारमा आफ्नो कार्यसञ्चालन गरेका छन्”, उनले भने-“उनीहरूले अन्य विज्ञ राखेर नयाँ कानून बनाउन आवश्यक छैन।”

उपसचिव रिजालले आवश्यकताअनुसार अन्य कानून पनि कानून मन्त्रालयको सहयोगमा मस्यौदा बनाइरहेको जानकारी गराए।

मन्त्रालयका सहायक प्रवक्ता जानुका सुवेदीले प्रदेश सरकार बनेपछि अन्य कानून पनि बनाइने बताए। केही काम प्रदेश सरकारसँग स्थानीय तहले गर्नुपर्ने भएकाले प्रदेश सरकार बनेपछि थप कानून बनाउन आवश्यक हुन्छ।

Related News

सम्बन्धित समाचार

  • दसैँँका लागि घर सजाउँदै

    रासस असाेज १४, २०७९
    दोधारा चाँदनी । यतिबेला कञ्चनपुरका थारु समुदायका महिलाहरु दसैँँका लागि घर सजाउन व्यस्त छन् । अहिले घर चिटिक्क पार्ने, आँगन…
  • पत्रकार आचार्य र जोशी सम्मानित

    आदर्श समाज सम्वाददाता असाेज १३, २०७९
    नेपालगञ्ज । हरिजमुना स्वतन्त्र पत्रकारिता पुरस्कार पत्रकार रामप्रसाद आचार्यलाई प्रदान गरिएको छ । त्यस्तै, सिर्जनशील पत्रकारिता पुरस्कार निशु जोशीलाई प्रदान…
  • सृजना विकास केन्द्रमा कृष्ण थापा

    आदर्श समाज सम्वाददाता असाेज १२, २०७९
    पोखरा । सृजना विकास केन्द्रको ४५ औं साधारण सभाले अध्यक्षमा कृष्णबहादुर थापालाई निर्वाचित गरेको छ । अध्यक्षका प्रत्यासी चन्द्र गिरिलाई पराजित…
  • कर फिर्ताको निर्णयमा गण्डकी कांग्रेसको स्वागत

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा । नागरिकको मागलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारले करका दर समायोजन गरेकामा नेपाली कांग्रेस गण्डकीले स्वागत गरेको छ ।…
  • व्याकुल माइलालाई  मासिक ५० हजार, सत्यमोहनलाई एक नर्स

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा ।  सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई सहज जीवन यापनको लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध…

hero news full width