लेखनाथ, ९ माघ। प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले अबको शिक्षा प्राविधिक र रोजगारमूलक हुनु पर्नेमा जोड दिएका छन्।
पोखरा २७, तालचोकमा रहेको डायमण्ड माविको २९ औं वाषिर्कोत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै अधिकारीले निजी विद्यालय र सामुदायिक विद्यालयको शिक्षा प्रणालीलाई एकरुपता दिँदै अन्तर्राष्ट्रिय सुहाउँदो शिक्षाका माध्यमबाट अगाडि बढ्नु पर्ने सुझाव राखे।
अब देशमा राजनीतिक क्रान्ति समाप्त भएकाले समृद्ध नेपाल बनाउनका लागि निजी क्षेत्रबाट सञ्चालित विद्यालयले सहयोगीको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
सोही अवसरमा प्रदेशसभाका सदस्य दीपक कोइरालाले व्यहारिक शिक्षाको माध्यमबाट विद्यार्थीलाई सीपमूलक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिँदै नेपाली शिक्षाले अन्तर्राष्ट्रियस्तरमा पनि प्रतिष्पर्धा गर्न सक्ने गरी शैक्षिक नीति तयार पार्नुपर्ने आवश्यकता रहेको औल्याए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रमा प्याब्सनका केन्द्रिय सदस्य कृष्ण केसी, महानगरपालिका शिक्षा विभागका प्रमुख विश्वराज आचार्य, भूपू विद्यार्थी बुद्धिसागर अधिकारी, विद्यार्थी संगीता पौडेल र स्रोतव्यक्ति विष्णु पौडेल लगायतले गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक र विद्यार्थीबीचको सम्बन्ध जीवन्त हुनुपर्ने धारणा राखेका थिए। विविध सांस्कृतिक कार्यक्रम समेत रहेको उक्त कार्यक्रममा विद्यालयका प्राचार्य यमबहादुर रोक्काले वाषिर्क प्रतिवेदन र भावी योजनबारे जानकारी गराएका थिए भने स्वागत मन्तव्य ब्यवस्थापक हरिप्रसाद लामिछाने र धन्यवाद ज्ञापन निर्देशक माधवशरण उपाध्यायले गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखरा वडा १२ मा पाठेघर र स्तन क्यान्सर परीक्षण
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
hero news full width
मुख्य समाचार
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९