पोखरा, ९ माघ। पोखरा लेखनाथ महानगरपालिका पशु सेवा शाखा कास्कीले महानगरपालिकास्तरीय व्यावसायिक बाख्रापालन तालिम गरेको छ।
बाख्रापालनमा संलग्न अगुवा कृषकलाई सीप र ज्ञान दिने उद्देश्यले तीन दिनसम्म चलेको तालिममा ३२ जना कृषक सहभागी थिए।
तालिममा पशु विकाश अधिकृत शहदेव पौडेल, ठगेन्द्रप्रसाद अर्याल, डा राकेश प्रजापति, डा पुरुषोत्तम त्रिपाठी, मीरा ढकाल अर्याल, डा गणेश केसी, सुरेशकुमार श्रेष्ठले सहजीकरण गरेका थिए।
तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै जिल्ला पशु सेवा कार्यालय कास्कीका प्रमुख डा पुरुषोत्तम त्रिपाठीले सीप आर्जनका लागि तालिम आवश्यक भएको बताए। उनले सैद्वान्तिक ज्ञानको तुलनामा तालिमको दायरा निकै माथि रहेको उल्लेख गरे।
प्रमुख डा त्रिपाठीले उत्पादन लागत घटाएर उत्पादन र उत्पादकत्व बढाउन कृषकलाई तालिम आवश्यक रहेको औल्याए।
कार्यक्रममा सहभागी घनश्याम तिवारी र इन्द्रा महतले तालिम निकै उपयोगी भएको बताए।
पोखरा लेखनाथ महानगरपालिका पशु सेवा शाखाका प्रमुख ठगेन्द्रप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रम पशु सेवा प्राविधिक सुरेशकुमार श्रेष्ठले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
ट्होटेंमा राष्ट्रपतिको आगमनले तमुहरु उत्साहित
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
मासबार आमा समूहमा शारदा
नेतृत्व विकास तालिम
दीपशिखा पुस्तकालयमा अन्तक्र्रिया
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९